तेहरान, ८ असार । साउदी अरबको नेतृत्वमा खाडी मुलुकहरुले दोहासँग सम्बन्ध तोडेपछि इरानले दैनिक एक हजार टन फलफुल र तरकारी कतार पठाएको जनाएको छ ।
साउदी अरव, संयुक्त अरव इमरेट्स र बहराइन लगायतका कतारसँग सम्वन्ध तोडेका देशहरुले भने यो सहयोगलाई अतिवादीहरु प्रतिको सहयोगको रुपमा लिएको फार्स समाचार समितिले बिहीबार जनाएको छ ।
ती देशहरुले गत जुन ५ देखि कतारसँग सम्वन्ध विच्छेद गरेका थिए । सम्बन्ध विच्छेद गरेका देशहरुको आरोपलाई कतारले भने अस्विकार गरेको छ ।
इरान साउदी अरबको कडा आलोचक हो । इरानको बौशेहर प्रान्तका निर्देशक मोहम्मद मेहदी बोन्चारीले तेहरानले कतारका लागि दैनिक ११ हजार खाद्यपदार्थ पैठारी गरेको बताउनु भएको फार्सले जनाएको हो । इरानले इमिरेट्सलाई पनि खाद्यान्न पठाएको छ ।
जुन ११ तारिखका दिन राष्ट्रिय वायु सेवाले कतारलाई पाँच वटा जहाजमा तरकारी पठाएको एएफपीलाई बताएको थियो ।
त्यही दिन ईरानले ६६ टन मासु र विभिन्न जनावरहरु पनि कतार पठाएको फार्सले जनाएको छ । त्यसपछि पनि ९० टन मासु कतार पठाइएको छ ।
कतारको हवाइ सेवाले साउदी अरब, यमन र बहराइनले आफ्नो आकाशसमेत कतारी विमानलाई नदिने बताएपछि केही उडानलाई रुट परिवर्तन गरी इरानको बाटो भएर कतार ल्याएको थियो । यसले इरानी आकाशमा १७ प्रतिशतले ट्राफिक वृद्धि भएको छ ।
इरानले विवाद अन्त्य गर्न कतार र खाडी मुलुकका छिमेकी देशहरुका बीचमा सम्वादको आवश्यकता रहेको बताउदै आएको छ ।
इरानका विदेश मन्त्री मोहम्मद जाभाद जरिफले कतार विरुद्धको नाकाबन्दी जस्ता खाडी मुलुकसँगको विवाद दीर्घकालका लागि समाधान गर्न एउटा स्थायी संयन्त्र बनाउन आह्वान गर्नुभएको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ