श्रीनगर (भारत प्रशासित काश्मिर), ८ असार । भारत प्रशासित काश्मिरमा बिहीबार बिहानै सुरक्षा फौजसँग हतियारधारी समूहको भीषण भिडन्त भएको समाचार छ ।
सो भिडन्तमा परी कम्तीमा पनि तीन जना हतियारधारीको ज्यान गएको छ । अरु कैयौँ घाइते भएका र दर्जनौँ सशस्त्र व्यक्ति भागेको जनाइएको छ ।
भारत प्रशासित काश्मिरबाट पछिल्ला केही दिनयता प्राप्त समाचारहरुमा तनाव बढेको बताइएको छ । यस क्रममा केही दिनयतादेखि हतियारधारी समूहका व्यक्ति र भारतीय सुरक्षाकर्मीबीच दोहोरो गोली हानाहानका घटना बढेका छन् ।
भारत प्रशासित काश्मिरको पुल्वामा जिल्लाको काकापोला गाउँमा बिहीबार बिहानीपख गस्तीमा खटिएका सरकारी सुरक्षाकर्मीहरुसँग व्यापक भिडन्त भएको भारतीय प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अुनसार सो भिडन्तका कारण घाइते भएका केहीलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल भर्ना गरेको छ । बिहीबार बिहानी पख भएको सो भिडन्तमा परी तीनजना हतियारधारी मारिएका छन् र अरु कैयौँ भागेका छन्– भारती प्रहरीले जनाएको छ ।
मारिनेमा हतियारधारीहरु लस्कर ए तोएबा नामक सशस्त्र सङ्गठनमा आबद्ध रहेका बताइएको छ । यसअघि पनि गतहप्तामात्र सोही क्षेत्रमा भएको यस्तै भिडन्तमा परी उक्त संगठनका एकजना कमाण्डरको ज्यान गएको भारतीय प्रहरीले जनाएको थियो ।
श्रीनगरबाट करिब ५० किलोमीटर दक्षिणमा पर्ने सो गाउँमा भारतीय सेना र प्रहरीको संयुक्त टोली गस्तीमा रहेको समयमा सशस्त्र समूहले प्रहरीमाथि नै गोली चलाएको थियो । त्यसमा परी ती हतियारधारी मारिएका हुन् ।
काश्मिरमा गत आइतबार मात्र पनि बन्दुकधारी र प्रहरीबीच दोहोरो गोली हानाहान भएको थियो । त्यस क्षेत्रमा केही दिनयतादेखि हिंसा भड्किएको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल