दमासकस, ७ असार । सिरियाको राका प्रान्तमा गत दुई हप्ताभित्र तीन सयभन्दा बढी इस्लामिक स्टेट्स (आईएस) लडाकू मारिएका छन् ।
अमेरिकी सहयोगमा सिरियन डेमोक्र्याटिक फोर्सेस् (एसडीएफ) ले गरेको सुरक्षा कारबाहीमा उनीहरू मारिएका बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।
जारी विज्ञप्तिमा ३१२ जना आईएस लडाकू मारिएका र १५ जना तिनीहरूका कमाण्डर हराइरहेका उल्लेख गरिएको छ ।
अमेरिकी सहयोगको सो समूहले आईएसको नियन्त्रणमा रहेको राकालाई नियन्त्रण मुक्त बनाउने उद्देश्य राखेको छ । सो ठाँउलाई आईएस लडाकूहरूले सन् २०१४ मा नियन्त्रणमा लिई आफ्नो राजधानी भएको घोषणा गरेका थिए ।
एसडीएफलाई सिरियाको सेनाले सहयोग गरिरहेको अमेरिकाको भनाई छ ।
राका सहरको सर्वसाधारणको रक्षा गर्न संयुक्त राष्ट्रसङ्घीय प्रमुखको अपिल
संयुक्त राष्ट्रसङ्घ (संयुक्त राज्य अमेरिका), ७ असार । सिरियाको राका सहर इस्लामिक स्टेट्सको कब्जाबाट मुक्त गराउनका लागि अमेरिका आवद्ध सैन्य बलको सहयोगमा भएको भीषण आक्रमणबाट सर्वसाधारणलाई बचाउनका लागि संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनिओ गुटेर्रेसले बुधबार अपिल गर्नुभएको छ ।
सिरियाली सहर राका र सिरियाको नै अन्य स्थानमा सैनिक कारबाहीको क्रममा सर्वसाधाारण नागरिक र उनका आधारभूत आवश्यकताका लागि रक्षा गर्न सेना सबै शक्ति प्रयोग गर्न पनि उहाँ अपिल गर्नुभएको जारी विज्ञप्तिमा जनाइएको छ ।
सिरियाभरी नै सर्वसाधारण नागरिक अत्यन्त भयभीय अवस्थामा रहेका र त्यसमाथि पनि राकाको अवस्था अत्यन्तै नाजुक रहेको गुटेर्रेसले बताउनुभएको छ ।
गुटेर्रेसले सिरियामा मानवीय सहयोग गरिरहेका सबै पार्टीलाई तत्काल अत्यावश्क खाद्य सामग्री र औषधि राकामा पठाउनसमेत अपिल गर्नुभएको छ ।
सिरियामा गत ६ वर्षदेखि जारी युद्धको क्रममा तीन लाख २० हजारभन्दा बढी व्यक्ति मारिएका छन् । सिरियाली राष्ट्रपति बसर अल असादको राजीनामाको माग गर्दै सुरु भएको यस आन्दोलनले गृहयुद्धको रूप लिएपछि यस युद्धमा इस्लामिक स्टेट्स र अलकायदाजस्ता आतङ्ककारीहरू हाबी हुँदै गए ।
सन् २०११ देखि हालसम्म जारी द्वन्द्वमा परी सो समयदेखि हालसम्म लाखौँ व्यक्ति मारिनुको साथै घाइते भएका छन् । लाखौँले आफ्नो देश र विदेशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने