इस्लामाबाद (पाकिस्तान), ६ असार । पाकिस्तानी सेनाले सुरक्षाको समस्या देखाउँदै अफगानिस्तानसँगको सीमा क्षेत्रमा प्रवेशमा आवतजावतलाई सुरक्षित पार्ने अभियानस्वरुप सीमा क्षेत्रलाई स्पष्ट छुट्टाइने गरी छिट्टै बार लगाउने बताएको छ ।
मङ्गलबार सेनाद्वारा जारी विज्ञप्तिमा सीमा क्षेत्रलाई घेर्ने क्रममा पहिलो चरणअन्तर्गत बाजुर, मोहमन्द र खाइबर क्षेत्रमा बार लगाइने बताइएको छ ।
उक्त क्षेत्रबाट पाकिस्तान प्रवेश गरी पाकिस्तानमा सुरक्षा समस्या हुने गरेको इस्लामाबादको ठम्याई छ ।
सेनाले नयाँ किल्ला र सीमास्तम्भ सुरक्षा निगरानी र रक्षात्मक शक्तिलाई सुदृढ गर्न सारिएको योजना भएको बताएको छ ।
सुरक्षित सीमा दुवै देशको हित र सुरक्षा संयन्त्रको राम्रो सहकार्यका लागि आवश्यक भन्दै यो दुवै देशको शान्ति र स्थायित्वका लागि भएको बताएको छ ।
दुई देशलाई दुई हजार ४०० ‘ड्युरान्ड लाइन’ ले बेलायती शासकद्वारा सन् १८९६ मा विभाजित गरिएको थियो । काबुलले यसलाई आधिकारिक रुपमा अन्तर्राष्ट्रिय सिमानाका रुपमा स्वीकार गरेको छैन ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल