बेइजिङ (चीन), ६ असार । चीनमा पछिल्ला केही बर्ष यता लागु औषध अपराधमा वृद्धि भएको पाइएको चीनले मङ्गलबार जनाएको छ ।
चीनमा सन् २०१२ देखि सन् २०१६ सम्मको अध्ययन प्रतिबेदन सार्वजनिक गर्दै भनिएको छ, “चीनमा चार बर्षको अवधिमा जम्मा पाँच लाख ४१ हजार लागुऔषध सम्वन्धि मुद्दा परेको र लागु औषध कारोबार सम्वन्धि मुद्दामा पाँच लाख अभियुक्तलाई कसुर बमोजिमको कारबाही गरेको चिनियाँ ‘सुप्रिम पिपुल्स कोर्ट’ (एसपिसी) ले मङ्गलबार जारी गरेको अध्ययन प्रतिवेदनमा चीनमा लागु औषधजन्य अपराध सवैभन्दा तीब्र रफ्तारमा बढेको पाइएको जनाएको हो ।”
सन् २०१२ मा सम्पूर्ण आपराधिक मुद्दाको जम्मा ७.७३ प्रतिशत मुद्दा रहेको थियो तर सन् २०१६ मा यसखाले मुद्दामा झण्डै तीन प्रतिशतले वृद्धि भई १०.५४ प्रतिशत पुगेको उक्त अदालतले जनाएको छ ।
एसपिसीका प्रमुख न्यायधिस सियोयिङले “लागु औषधजन्य अपराध देशैभरी फैलिएको भएपनि दक्षिणी, दक्षिणपश्चिमी, पूर्वी तथा मध्य चीनमा यसको खास बढी असर देखिएको” बताउनुभयो ।
चीनले यो समयमा लागुऔषध कारोबार, उत्पादन र ब्यापारसम्बन्धि अपराधलाई नकिबाट हेरेको र पछिल्लो समय नयाँ नयाँ किसिमका लागु औषधजन्य मुद्दा भेटिन थालेको बताउनुभयो ।
एसपिसीले लागुऔषध अपराध नियन्त्रणका लागि बनेको चीनको कानून अनुसार दोषी उपर कारबाही गरिनेगरिएकोे बताउनुभयो ।
यो चार बर्षको समयमा लागुऔषध कारोबार, उत्पादन वा व्यापारजन्य मुद्दामा सम्लग्न एक लाख १९ हजार अपराधिलाई पाँचबर्ष वा सो भन्दा बढी जेल सजाँय दिइएको र यो कुल लागु औषध अपराधिको २१.९१ प्रतिशत भएको पनि प्रशासनले जनाएको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल