काबुल, ६ असार । अफगानिस्तानको पूर्वी प्रान्त पार्वानमा अवस्थित प्रमुख अमेरिकी सैन्य शिविर नजिकै एम्बुसमा पारेर आठ स्थानीय अफगान सुरक्षा गार्डको हत्या गरिएको समाचार छ ।
एक स्थानीय अधिकारीले सोमबार रातिको समय पारेर उनीहरु चढेको सवारीलाई एम्बुसमा पारिएको मङ्गलबार बिहान जानकारी दिएका छन् ।
रातिको सेवामा कार्यरत १० जना सुरक्षा गार्ड एक सवारी साधनबाट ब्यागरम हवाई शिवीरको भ्रमणमा गएका र उनीहरु माथि स्थानीय समयाअनुसार सोमबार राति १० बजे आक्रमण भएको बताइएको छ ।
सो आक्रमणमा परी आठ जना मारिएका र दुई घाइते भएको प्रान्तीय सुरक्षा स्रोतले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ ।
सो स्रोतले यस घटनाको विषयमा विस्तृत विवरण भने नदिएको र अनुसन्धानरत रहेको जानकारी दिएको छ । यस घटनासम्बन्धी विस्तृत विवरण सञ्चारमाध्यमलाई पछि दिइने जानकारी दिइएको छ ।
ब्यागरम अफगानिस्तानको राजधानी काबुलबाट ५० किलोमिटर उत्तरमा पर्दछ । यस सैन्य शिवीरमा अमेरिकी र नेटोआवद्ध सैनिकहरु गत १६ बर्षयतादेखि कार्यरत रहेका छन् ।
ब्यागरम जिल्लाको साह आका इलाकामा भएको यस आक्रमणको कुनै पनि समूहले हालसम्म जिम्मा लिएको छैन् ।
तर गत अप्रिलको अन्त्यबाट भीषण आक्रमणको घोषणा गरिबसेका तालिवान आतङ्ककारीहरुले नै सो हत्या गरेको प्रहरीको दाबी छ ।
तालिवान आतङ्ककारी समूहले सरकारी अधिकारीहरुको जमघट एवम् सरकारी कामहरुबाट टाढै बस्न सर्वसाधारणलाई आह्वान गर्दै आएका छन् ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल