
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली मङ्गलबार झापाको दमकस्थित कृष्णमन्दिरमा आयोजित चुनावी सभामा बोल्दै । तस्बिर ः सुमन घिमिरे, उर्लाबारी(मोरङ), रासस
बनियानी (झापा), ६ असार । आसन्न स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन ठूला दलका नेता झापा आउने क्रम बढेको छ ।
नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाका ठूला नेता आफ्नो उम्मेदवारका पक्षमा जित दर्ज गराउन जिल्ला आउने क्रम बढेको हो । इलाम, पाँचथर र ताप्लेजुङ जानका लागि हवाइमार्गबाट झापा पहिला आउनुपर्ने भएकाले प्रायः दलका नेताहरु यहाँ आएर एक दुई कार्यक्रममा सहभागी हुने गरेका छन् ।
चुनावी अभियानकै क्रममा केही दिनअघि झापा आउनुभएका काँग्रेस युवा नेता गगनकुमार थापाले काँकरभिट्टा, धुलाबारीलगायत स्थानमा पार्टीले आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्नुभएको थियो । चुनावी अभियानकै क्रममा उहाँ पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र पाँचथरमा जानुभएको छ ।
त्यस्तै तीन दिनअघि काँग्रेस नेता डा रामशरण महत काँकरभिट्टा र शनिश्चरेको चुनावी गतिविधिमा सहभागी हुनुभएको थियो । झापा धुलाबारीका काँग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा जिल्ला दौडाहामा व्यस्त हुनुहुन्छ । उहाँ १५ वटै स्थानीय तहको चुनावी प्रचार अभियानमा जुट्नुभएको छ । काँग्रेस झापा सभापति उद्धव थापाले उम्मेदवारको मनोबल बढाउन अन्य शीर्ष नेता जिल्ला आउने बताउनुभयो ।
सोमबार मात्र काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले काँग्रेस बिर्तामोडमा कार्यकर्तासँग भेटघाट गर्दै परिणाम आफ्नो पक्षमा पार्न दिलोज्यान दिएर लाग्न निर्देशन दिनुभयो ।
त्यस्तै चुनावी अभियानकै क्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली चार दिनका लागि सोमबार झापा आउनुभएको छ । गृहनगरमा एमालेको बलियो उपस्थिति बनाउन उहाँ यहाँ आउनुभएको हो । झापा आएलगत्तै उहाँले कनकाई नगरपालिकाको चुनावी सभालाई सम्बोधन र दमकमा अगुवा कार्यकर्तासँग भेटघाट गर्नुभएको थियो ।
आज उहाँले दमकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएको छ । बुधबार अर्जुनधारा र मेचीनगर तथा बिहीबार गौरादहको चुनावी सभालाई सम्बोधन गरेर उहाँ काठमाडौँ फर्कने कार्यक्रम रहेको एमाले झापा अध्यक्ष चिन्तन पाठकले जानकारी दिनुभयो ।
त्यस्तै एमाले पोलिटब्युरो सदस्य अग्नि खरेल झापाको १५ वटै स्थानीयका उम्मेदवार सार्वजनिक कार्यक्रममा सहभागी भएर हाल चुनावी अभियानकै क्रममा जिल्लामा रहेका छन् । सांसद जितु गौतम कचनकवल गाउँपालिकामा चुनावी अभियानमा क्रियाशील छन् ।
यता चुनावी अभियानकै सिलसिलामा माओवादी केन्द्रका केन्द्रीय नेता राम कार्की, केन्द्रीय कार्यालय सदस्य वेद गुरुङ, नेता अग्निप्रसाद सापकोटालगायत नेता झापा आउन लागेको पार्टीका जिल्ला संयोजक मणिकुमार साम्पाङले जानकारी दिनुभयो ।
उता राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देन गृह जिल्लामै व्यस्त हुनुहुन्छ । चुनावी कार्यक्रमका लागि अन्य शीर्ष नेता झापा आउने कार्यक्रम रहेको पार्टीका जिल्ला अध्यक्ष अम्बरबहादुर विष्टले जानकारी दिनुभयो ।
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]