कोलकाता, ५ असार । गएको केही दिनदेखि जारी आन्दोलन र आमहड्ताका कारण दार्जिलिङमा पर्यटक स्वात्तै घटेका बताइएको छ ।
होटल व्यवसायीहरुले आन्दोलनका कारण पर्यटक नै नआएका र अर्काेतर्फ यसअघि होटल बुकिङ गरेर बसेका पर्यटक पनि भ्रमण छोटाएर भागेका बताएका छन् ।
जारी हड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्काका कारण यहाँ आएका विदेशी एवम् भारतीय पर्यटक भागेको समाचार छ । आन्दोलनमा आइतबार गोली नै चलेको र आन्दोलनकारीको ज्यान गएको थियो ।
दार्जिलिङ घुम्न आउने गरका पर्यटक अहिले आएका छैनन् । उता यसअघि नै आन्दोलन र आम हड्तालकै कारण त्यहाँ रहेका भारतीय र बाह्य पर्यटक पनि भागेका थिए ।
हाल दार्जिलिङमा गोर्खाल्यान्डको आन्दोलन जारी रहेको छ । सो आन्दोलन पछिल्लो समयमा हिंसात्मक बन्दै गएपछि स्थानीयहरुमा मात्र नभएर बाह्य पर्यटकमा पनि त्रास छाएको छ ।
दार्जिलिङका रिसोर्टमा बुकिङ् गरेर बसेका पर्यटकले पनि भ्रमण अवधि छोट्याएर गएको छन् ।
दार्जिलिङ्का रिसोर्टहरु विदेशी पर्यटकका लागि निकै लोकप्रिय छन् ।
होटल बुकिङ् गरेका पर्यटक पनि भाग्नुपरेको र पछिल्लो समयमा त पर्यटक नै नआएको होटल व्यवसायीहरु बताउछन् ।
एकजना होटल व्यवसायीले अघिल्लो आइतबारसम्ममा दार्जिलिङबाट कम्तीमा पनि सात हजार पर्यटकले बुकिङ रद्द गराएका र यो क्रम हिजोआज झन बढेको जनाएका छन् ।
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग