जेनेभा, ५ असार । विश्वमा आन्तरिक तथा बाह्य रुपमा विस्थापित हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दो रुपमा रहेको छ ।
सन् २०१६ को अन्त्यसम्मको तथ्याङ्क हेर्दा विश्वका विभिन्न देशबाट आन्तरिक तथा बाह्य रुपमा विस्थापित भएर शरणार्थी बन्नेको सङ्ख्या ६ करोड ५६ लाख पुगेको छ ।
शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगले दिएको तथ्याङ्कमा सो कुरा उल्लेख गरिएको छ । सो निकायले विश्वमा पछिल्लो समयमा फेरि विस्थापित हुनेको सङ्ख्या बढ्दै जानुलाई खतराको सङ्केतका रुपमा लिएको छ ।
सोमबार संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१६ मा देखिएको यो उच्च सङ्ख्यालाई अहिलेसम्मकै सबैभन्दा धेरै भनिएको छ ।
उक्त निकायका प्रमुख फिलिप ग्रान्डीले भन्नुभयो– हामीले यस विषयमा तथ्याङ्क राख्न सुरु गरेदेखि नै सबैभन्दा धेरै विस्थापित भएको यो नै पहिलो पटक हो ।
विश्व शरणार्थी दिवसका अवसरमा सङ्कलन गरिएको यो पहिछल्लो तथ्याङ्क हो । यसरी हेर्दा पछिल्लो समयमा विश्वमा विस्थापितको सङ्ख्या विस्फोटक रुपमा बढ्दो रुपमा देखिएको छ ।
तथ्याङ्कअनुसार सन् २०१६ मा मात्र विश्वका एक करोड मानिसले विभिन्न कारणले आफ्नो घर छोड्न बाध्य भएका थिए । एकै बर्षमा यतिधेरै व्यक्तिले घर छोड्नुपरेको पनि यो पहिलो पटक हो ।
यी मध्ये गतवर्षमात्र विश्वका विभिन्न देशबाट गरी ३४ लाख मानिसले घर छोडेर बाहिरिएका अर्थात् अन्तर्राष्ट्रिय सीमाना काटेका थिए । शरणार्थीका रुपमा आफ्नो देशको सीमाना नै पार गरेर बाहिरिएको पनि यो अहिलेसम्मकै ठूलो सङ्ख्या हो ।
यसरी बाहिरिनेमा इराक, सिरिया, दक्षिण सुडान र अफगानिस्तानका नागरिक धेरै रहेका छन् । उनीहरुले देश नै छोडेर अन्तर्राष्ट्रिय सीमा कटेका छन् । उनीहरु विभिन्न देशमा शरणार्थीको रुपमा बसिरहेका छन् ।
उक्त संस्थाको तथ्याङ्कअनुसार गत वर्षमात्र करिब २२ करोड २५ लाख मानिस शरणार्थीका रुपमा दर्ता भएका थिए । उनीहरु अहिले पनि शरणार्थीको रुपमा जिवन व्यतित गरिरहेका छन् ।
यसरी विस्थापित हुनुमा विशेषगरी सिरिया र दक्षिण सुडानमा बढ्दो मात्रामा रहेको हिंसा र आतङ्कलाई प्रमुख कारणका रुपमा लिइएको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल