
साना (यमन), ४ असार । उत्तरी यमनको एक बजारमा आइतबार हवाई आक्रमण हुँदा कम्तीमा २४ जना सर्वसाधारणको मृत्यु भएको यमनी स्वास्थ्य अधिकारी एवम् प्रत्यक्षदर्शीले बताएका छन् ।
यमनी विद्रोहीविरुद्ध साउदी अरब नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा उनीहरुको मृत्यु भएको यमनी सुरक्षाकर्मीले नाम गोप्य राख्ने सर्तमा बताए ।
प्रायजसो मृतक साउदी अरबको सिमानामा रहेको सादा प्रान्तको मासनाक बजारमा काम गरिरहेका यमनी नागरिक रहेको बताइएको छ । सादा प्रान्त यमनी विद्रोहीको प्रभाव क्षेत्र हो ।
यमनमा इरानद्वारा सहयोग प्राप्त हुथी विद्रोहीविरुद्ध अरब गठबन्धन सेनाले सन् २०१५ देखि हवाई आक्रमण गर्दै आएको छ ।
गठबन्धन सेनाले विद्रोहीले सर्वसाधारणलाई मानव ढालका रुपमा प्रयोग गर्दै आएको दाबी गरेको छ । सेनाले सो आक्रमणमा आफ्नो संलग्नता रहेको वा नरहेको बारे केही प्रतिक्रिया दिएको छैन ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल