नयाँ दिल्ली, २ असार । भारतको मुम्बईमा २५० जना भन्दा बढीको ज्यान जानेगरी भएको विस्फोटनको घटनामा ६ जना दोषी रहेको आतङ्कबाद विरुद्धको विषेश अदालतले शुक्रबार ठहर गरेको छ ।
भारतको आर्थिक राजधानी मानिने मुम्बईमा सन् १९९३ मा आतङ्कबादीहरुले श्रीङखलाबद्ध विस्फोट गराएका थिए ।
दोषी ठहर हुनेमा आतङ्कबादी गतिविधि गरिरहेको विश्व कुख्यात ‘डन’ अबु सालेम पनि रहेका छन् । उनी भारतमा विस्फोट गराएपछि फरार भएका थिए । उनलाई सन् २००५ मा पोर्चुगलबाट फिर्ता ल्याइएको थियो भने अर्को दोषी ठानिएका मुस्ताफा दोसालाई युनाईटेड अरव इमरेट्सबाट ल्याइएको थियो ।
सालेम २० बर्ष पुरानो हत्याकाण्डमा दोषी ठहर भई भारतको ‘मस्ट वान्टेड’ सूचीमा रहेका र अहिले आजिवन जेल सँजाय भोगिरहेका दाउद इब्राहिमका सहयात्री हुन् । इब्राहिम भने मुम्बई बिस्फोटनसँग सम्बन्धित थिएनन् ।
विषेश अदालतले यस सम्बन्धि बाँकी घोषणा भने आगामी सोमबार गर्ने छ । इब्राहिम बाहेक घटनामा संलग्न अन्य दोषीहरु अहिले सम्म पनि फरार रहेका छन् ।
सन् १९९३ को मार्च १२ तारिखका दिन मुम्बईका विभिन्न ठाँउमा २५७ जनाको मृत्यु हुनेगरी छोटो समयमा विभिन्न स्थानमा श्रीङ्खलावद्ध रूपमा १३ वटा विस्फोट भएका थिए । ती विस्फोटनहरुमा परी कम्तीमा ७०० जना घाइते भएका थिए ।
बेलायतको पूर्व सांसदलाई जेल सजाय, रुसबाट घुस लिएको अभियोग
नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको मताधिकारबारे मन्त्री घिसिङ र अधिवक्ता घिमिरेसँग आइतबार एनआरएनएको अन्तरक्रिया
पोखरामा युरोपेली सङ्घ चलचित्र महोत्सव : बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनित ६ लघुसहित २५ चलचित्र
टोकियो डोममा दोस्रो पटक नेपथ्य
नेपालमा एक/दुई हप्तामै राहदानी सेवा सरल हुने
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन