वासिङटन, ३ असार । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युवासँग निवर्तमान राष्ट्रपति बाराक ओवामाले गरेको सम्झौताका केही विषयमा पुनःविचार गर्नुपर्ने भन्दै ओबाको क्युबा नीति उल्ट्याएको छ ।
पूर्वराष्ट्रपति ओबामाको क्युवासँगको यात्रा प्रतिबन्ध खुकुलो बनाएको र व्यापार माथिको कडाइलाई केही सहज बनाएको कार्यक्रमलाई शुक्रबार पुनः प्रतिबन्ध लगाइएको छ ।
शुक्रबार ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा ओबामाको क्युवा नीतिलाई लगभग पुरानै अवस्थामा फर्काउनेगरी प्रक्रिया सुरु भएको घोषणा गरिएको छ ।
“यसअघिको प्रशासनले क्युवामा अमेरिकीको यात्रा र व्यापारका विषयमा लिएको नीतिले अमेरिकालाई सहयोग नगरेकाले अव त्यसलाई लागुगर्न सकिँदैन,” ट्रम्पको यस भनाइलाई सो विज्ञप्तिमा जनाइएको छ ।
फ्लोरिडामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले ओवामाले क्युवासँग गरेका “एकपक्षीय” केही सम्झौतालाई तत्काल खारेज गर्ने बताउनुभएको थियो ।
राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा व्यक्तिगत तथा व्यवसायिक हितका लागि क्युवाको मन्त्रालयसँग कुराकानी गरिने उल्लेख छ ।
ट्रम्पले क्युवाको कानुनी बन्देजका बारेमा पनि पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ । ट्रम्पले क्युवामा अमेरिकाले खोलेको राजदूताबास पनि बन्द गर्न लगाउनुभएको छ । उहाँ राष्ट्रपति भएदेखि नै क्युवा नीतिमा आंशिकरुपमा परिवर्तन भएको थियो ।
गत सन् २०१४ को डिसेम्बरमा झन्डै पाँच दशक पछि क्युवा र अमेरिकाबीचको सम्बन्धमा ठूलो परिवर्तन गरिएको थियो । तत्कालिन राष्ट्रपति ओवामाले क्युवा र अमेरिकको सम्बन्धलाई सामान्य अवस्थामा पुरयाउने पहल गर्नुभएको थियो ।
उहाँको पहलपछि अमेरिका र क्युवाबीच कुटनीतिक, सामाजिक, आर्थिक एवम् व्यापारिक सम्वन्धमा सुधार आएको थियो ।
अमेरिकाले क्युवामा राजदूताबास खोलेपछि क्युवा जाने अमेरिकीहरुको सङ्ख्या निकै बढेको थियो । अमेरिकाको व्यापारिक क्षेत्र पनि फराकिलो भएको थियो ।
अमेरिका र क्युवाबीच सन् १९६१ देखि सम्बन्ध विग्रिएको थियो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त