
राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार जेनेभास्थित अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको (आइयुसिएन) मुख्यालयमा महानिर्देशक इङ्गर एन्डरसनले स्वागत गर्नुहुँदै । तस्बिर ः सुरेन्द्रबहादुर नेपाली, जेनेभा, रासस
जेनेभा, २ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले आज यहाँ युरोपेली पारमाणविक अनुसन्धान सङ्गठन (सर्न) को अवलोकन भ्रमण गर्नुभयो ।
राष्ट्रपति भण्डारी सन् १९५२ मा स्थापना भएको युरोपेली पारमाणविक अनुसन्धान सङ्गठनको कार्यालयमा आइपुग्नुहुँदा सदस्य तथा गैरसदस्य मुलुकसँग सम्बन्धका प्रमुख ई. सेस्मेलिसका साथै सङ्गठनमा कार्यरत नेपाली वैज्ञानिक ए. शर्मा तथा एस. श्रेष्ठले स्वागत गर्नुभयो ।
भ्रमणका क्रममा प्रमुख सेस्मेलिसले सङ्गठनका क्रियाकलापका विषयमा जानकारी दिनुभयो । यस क्रममा उहाँले सङ्गठनले विश्व तथा नेपालमा गरेका क्रियाकलाप र नेपाली वैज्ञानिकलाई उपलब्ध गराएको अवसरका विषयमा जानकारी दिनुभयो ।
छलफलका क्रममा राष्ट्रपति भण्डारीले सङ्गठनले मानव शान्तिका लागि बैज्ञानिक अनुसन्धान तथा विकासमा पुरयाएको योगदानको प्रशंसा गर्दै नेपाली वैज्ञानिक तथा विज्ञानका विद्यार्थीलाई सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नेपाल भूकम्पको जोखिममा परेको मुलुक भएकाले यसबाट जोगाउन सर्नले गर्नसक्ने कार्यका विषयमा जिज्ञाशा प्रकट गर्नुभयो ।
सङ्गठन भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले सिन्क्रोसाइक्रोट्रोनको पनि अवलोकन गर्नुभयो । यस भवनमा एस. पेटिटले सङ्गठन तथा उर्जा भौतिकशास्त्री अनुसन्धानमा भएका विषयमा छोटो प्रस्तुतीकरण दिनुभयो ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले ‘कन्ट्रोल रुम’को निरीक्षण गनुभयो । ‘कन्ट्रोल रुम’मा उहाँलाई सहयोग सम्बन्धका पूर्व प्रवक्ता डी चाल्र्टन तथा नेपाली वैज्ञानिक एस श्रेष्ठले यस कक्षमा आफूहरुको गर्नुपर्ने कामका विषयमा जानकारी दिनुभयो । उक्त अवसरमा नेपाली विद्यार्थी बी पण्डित तथा डी चालिसेको पनि उपस्थिति थियो ।
यस कक्षमा राष्ट्रपति भण्डारीले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभयो र उहाँलाई प्रवक्ता डी चाल्र्टनले सर्नको वैज्ञानिक उपहार प्रदान गर्नुभयो ।
सर्न संयुक्त राष्ट्र सङ्घको आधिकारिक पर्यवेक्षक निकाय हो र यसलाई वैज्ञानिक प्रयोगशालाको रुपमा लिइन्छ । यसले उच्च उर्जा भौतिकशास्त्रीय अनुसन्धानको काम गर्छ । यसमा व्यापक तथ्याङ्कको व्यवस्था भएकाले यससँग विश्वभरबाट नेटवर्कमा काम हुन्छ । वल्ड वाइड वेबको आरम्भ पनि यसै संस्थाबाट भएको हो ।
उक्त अवसरमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, स्विट्जरल्यान्डका लागि नेपालका राजदूत तथा संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धिताल, राष्ट्रपतिका स्वकीय सचिव डा विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका प्रवक्ता र संयुक्त राष्ट्र सङ्घ, अन्तर्राष्ट्रिय सङ्गठन तथा अन्तरराष्ट्रिय कानुन महाशाखाका सहसचिव भरतराज पौडेलको पनि उपस्थिति थियो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल