वुचारेष्ट (रोमानिया), असार १ । रोमानियाको सत्ताधारी ‘सोसल डेमोक्रेटिक पार्टी’ले आफ्नै सरकारका प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । ‘सोसल डेमोक्रेटिक पाटीको बहुमतद्वारा प्रधानमन्त्री बनाइएका सोरिन ग्रिन्डिनुलाई राजिनामा दिन सल्लाह दिएपनि उहाँले राजिनामा दिन नमानेपछि उहाँविरुद्ध अविश्वासको प्रस्ताव लाने सो दलले निर्णय लिएको हो ।
दलको कार्यकारी समितिले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव लाने साथै उहाँलाई पार्टीको सदस्यबाट हटाउने निर्णयलाई बिहीवार सर्वसम्मतले पास गरेको छ ।
ग्रिन्डिनु र दलका प्रमुख केन्द्रिय नेतावीच प्रधानमन्त्रीबाट हट्न गरिएको आह्वानका विषयमा विवाद चुलिएको थियो । प्रधानमन्त्रीले आफूलाई हटाउन अति नै कडा उपाय अवलम्वन गरेपनि पदबाट नहट्ने बताएपछि उहाँलाई अविश्वासको मतद्वारा हटाउने निर्णय लिइएको हो । पछिल्लो समय सरकारका गतिविधिलाई सुधार गरी अघिबढ्नुपर्ने विषयमा प्रधानमन्त्रीको दल र सरकारवीच समस्या देखिदै आएको थियो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल