मस्को, २ असार । रुसको सैनिकले सिरियामा इस्लामिक स्टेटको बैठकमा आक्रमण गरेको र त्यसमा मारिएका व्यक्तिमा आइएस, स्लामिक स्टेटका प्रमुख पनि परेको आशङ्का गरिएको छ ।
रुसी सैनिकले भनेको छ उसले गत मे २८ मा सो हमला गरेको थियो र त्यसमा परी आइएसका प्रमुख मारिएको आशङ्का छ ।
त्यस बैठकमा हमला हुदा कैयौँ मारिएको उसले जनाएको छ । तर त्यसमा आइएसका नेता मारिएका हुन् या होइनन् भन्ने बारेमा प्रमाणित गर्ने प्रक्रिया सुरु भएको रुसी सेनाले जनाएको छ ।
रुसी सैनिकद्वारा जारी सो विज्ञप्तिमा उक्त सेनाले उक्त कारबाही गत मे २८ मा सिरियामा आइएसको पकड रहेको भनिएको रक्वा सहरमा गरेको थियो ।
सो सहरमा आइएसको बैठक बसेको र त्यहाँ आइएसका प्रमुख नेताको पनि सहभागिता रहेको सूचनाका आधारमा सो कारबाही गरिएको सेनाको भनाई छ ।
सो बैठकमा अबु बाकर अल बग्दादी पनि सहभागी भएको सूचनाको आधारमा कारबाही गरिएको जनाएको थियो । त्यहाँ मारिएका हतियारधारीमा आइएस प्रमुख बग्दादी पनि परेको समाचार यसअघि नै आएको थियो । तर पुष्टि भने भएको थिएन ।
रुसी सेनाले भनेको छ– ‘पुष्टि त भैसकेको छैन, तर हामी मारिएका व्यक्तिको पुष्टि गर्ने क्रममा छौँ । उनी मारिएको सम्भावना अत्यधिक देखेका छौँ ।’
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त