मस्को, २ असार । रुसको सैनिकले सिरियामा इस्लामिक स्टेटको बैठकमा आक्रमण गरेको र त्यसमा मारिएका व्यक्तिमा आइएस, स्लामिक स्टेटका प्रमुख पनि परेको आशङ्का गरिएको छ ।
रुसी सैनिकले भनेको छ उसले गत मे २८ मा सो हमला गरेको थियो र त्यसमा परी आइएसका प्रमुख मारिएको आशङ्का छ ।
त्यस बैठकमा हमला हुदा कैयौँ मारिएको उसले जनाएको छ । तर त्यसमा आइएसका नेता मारिएका हुन् या होइनन् भन्ने बारेमा प्रमाणित गर्ने प्रक्रिया सुरु भएको रुसी सेनाले जनाएको छ ।
रुसी सैनिकद्वारा जारी सो विज्ञप्तिमा उक्त सेनाले उक्त कारबाही गत मे २८ मा सिरियामा आइएसको पकड रहेको भनिएको रक्वा सहरमा गरेको थियो ।
सो सहरमा आइएसको बैठक बसेको र त्यहाँ आइएसका प्रमुख नेताको पनि सहभागिता रहेको सूचनाका आधारमा सो कारबाही गरिएको सेनाको भनाई छ ।
सो बैठकमा अबु बाकर अल बग्दादी पनि सहभागी भएको सूचनाको आधारमा कारबाही गरिएको जनाएको थियो । त्यहाँ मारिएका हतियारधारीमा आइएस प्रमुख बग्दादी पनि परेको समाचार यसअघि नै आएको थियो । तर पुष्टि भने भएको थिएन ।
रुसी सेनाले भनेको छ– ‘पुष्टि त भैसकेको छैन, तर हामी मारिएका व्यक्तिको पुष्टि गर्ने क्रममा छौँ । उनी मारिएको सम्भावना अत्यधिक देखेका छौँ ।’
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल