
१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा भाग लिन जेनेभा आउनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार अन्तर्राष्ट्रिय श्रम सङ्गठनको कार्यालयमा सङ्गठनका महानिर्देशक गाय राइडरले आफ्नै कार्यकक्षमा भेट गर्नुहुँदै । तस्बिर ः सुरेन्द्रबहादुर नेपाली, जेनेभा, रासस
जेनेभा, २ असार । ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा भाग लिन यहाँ आउनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार अन्तर्राष्ट्रिय श्रम सङ्गठनको कार्यालयमा सङ्गठनका महानिर्देशक गाय राइडरले आफ्नै कार्यकक्षमा भेट गर्नुभयो ।
उक्त अवसरमा गणतन्त्र माल्टाका राष्ट्रपति मारिया लुइस कलिरो प्रेका तथा गणतन्त्र मरिससका राष्ट्रपति अमिना गुरिफ फकिमको पनि उपस्थिति थियो । उहाँहरूबीच दुईपक्षीय विषयमा संक्षिप्त छलफल भयो ।
उक्त अवसरमा स्विट्जरल्यान्डका लागि नेपालका राजदूत तथा संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धिताल र परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी उपस्थित हुनुहुन्थ्यो ।
‘आईएलओ’ इतिहासबारे जानकारी
यसैबीच, राष्ट्रपति भण्डारीले बिहीबार नै अन्तर्राष्ट्रिय श्रम सङ्गठनको कार्यालयमा सङ्गठनको इतिहासका बारेमा जानकारी लिनुभयो ।
बिहीबार सङ्गठनको कार्यालयमा आइपुग्दा उहाँलाई सङ्गठनका व्यवस्थापन तथा सुधारका उपमहानिर्देशक ग्रेग भाइन्सले स्वागत गर्नुभयो ।
यसैगरी, उहाँलाई सङ्गठनका सहायक महानिर्देशक तथा एसिया तथा प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक तोमोको निसिमोतो तथा महानिर्देशकको कार्यालयका वरिष्ठ सल्लाहकार सेन्जी लीले पनि स्वागत गर्नुभयो ।
राष्ट्रपति भण्डारीलाई सङ्गठनका बेची रेमोले यसको इतिहासबारेमा जानकारी गराउनुभएको थियो । साथै, उहाँले नेपालको सङ्गठन प्रवेशका दस्तावेज पनि देखाउनुभएको थियो ।
उक्त अवसरमा स्विट्जरल्यान्डका लागि नेपालका राजदूत तथा संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधि दीपक धिताल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपतिका स्वकीय सचिव डा विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव भरतराज पौडेलको पनि उपस्थिति थियो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल