सोल, १ असार । अमेरिकी विद्यार्थीको रिहाई मानवीयताको आधारमा गरिएको उत्तर कोरियाले जनाएको छ । ती विद्यार्थीलाई रिहा गरेको दुई दिनपछि उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले यो जानकारी दिएका हुन् । उत्तर कोरियाले आफ्नो थुनामा रहेका एकजना अमेरिकी विद्यार्थीलाई मङ्गलबार रिहा गरेको थियो । उनलाई देशको श्रम शिवीरमा राखिएको थियो ।
ओट्टो वारिम्बर नामका ती २२ वर्षीय विद्यार्थीलाई उत्तर कोरियाले आफ्नो देशका विरुद्धमा गुप्तचरको काम गरेको भन्दै पक्राउ गरी थुनामा राखेको थियो ।
करिब १५ वर्षको श्रम शिवीरको सजाय सुनाई शिविरमा जबर्जस्ती काममा लगाइएका उनी बिरामी परेका थिए । गम्भीर रुपमा बिरामी परेका उनलाई केही महिनादेखि अस्पतालको कोमामा राखिएको थियो ।
बिरामी परेका उनलाई कोमामा भर्ना गरिएदेखि नै अमेरिकाले रिहाइको माग गरेको थियो । उनको रिहाइका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सरकारलाई बारम्बार आग्रह गर्नुभएको थियो ।
उहाँले आफ्ना नागरिकलाई रिहागरी आवश्यक वार्ताका लागि वासिङ्टन आउन चेतावानी पनि दिनुभएको थियो । त्यसपछि उत्तर कोरियाले ती विद्यार्थीको रिहाइको प्रक्रिया सुरु गरेको बताइन्छ ।
उत्तर कोरियाली विद्यार्थीको रिहाई मानवीयताको आधारमा भएको जानकारी कोरियाली सरकारले दिएको हो । अमेरिकाको भर्जिनिया विश्वविद्यालयका ती विद्यार्थीले कोरियाली थुनामा एक वर्षभन्दा बढी समय बिताउनुपरेको थियो ।
उत्तर कोरियाको एक होटलमा बसेका उनले सोही होटलबाट राजनीतिक पर्चा चोरी गरेकोजस्तो सामान्य आरोप उत्तर कोरियाली प्रहरीले लगाएको थियो ।
हिजो अमेरिकाको ओहायोस्थित आफ्नो घर पुगेका ती विद्यार्थीका परिवारले ती विद्यार्थीलाई उत्तर कोरियाली प्रहरीले निर्ममतापूर्वक पिटेको पाइएको जनाएको छ । उनको शरीरभरि पिटाइका कारण निलडामहरु रहेको पनि परिवारले जनाएको छ ।
उत्तर कोरियाको एक अदालतलाई उद्धृतगर्दै यहाँको सरकारी समाचार समितिले भनेको छ– हाम्रो थुनामा रहेका एकजना अमेरिकी विद्यार्थीलाई उत्तर कोरियाले मानवीयताको अधारमा रिहा गरेको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल