सोल, १ असार । अमेरिकी विद्यार्थीको रिहाई मानवीयताको आधारमा गरिएको उत्तर कोरियाले जनाएको छ । ती विद्यार्थीलाई रिहा गरेको दुई दिनपछि उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले यो जानकारी दिएका हुन् । उत्तर कोरियाले आफ्नो थुनामा रहेका एकजना अमेरिकी विद्यार्थीलाई मङ्गलबार रिहा गरेको थियो । उनलाई देशको श्रम शिवीरमा राखिएको थियो ।
ओट्टो वारिम्बर नामका ती २२ वर्षीय विद्यार्थीलाई उत्तर कोरियाले आफ्नो देशका विरुद्धमा गुप्तचरको काम गरेको भन्दै पक्राउ गरी थुनामा राखेको थियो ।
करिब १५ वर्षको श्रम शिवीरको सजाय सुनाई शिविरमा जबर्जस्ती काममा लगाइएका उनी बिरामी परेका थिए । गम्भीर रुपमा बिरामी परेका उनलाई केही महिनादेखि अस्पतालको कोमामा राखिएको थियो ।
बिरामी परेका उनलाई कोमामा भर्ना गरिएदेखि नै अमेरिकाले रिहाइको माग गरेको थियो । उनको रिहाइका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सरकारलाई बारम्बार आग्रह गर्नुभएको थियो ।
उहाँले आफ्ना नागरिकलाई रिहागरी आवश्यक वार्ताका लागि वासिङ्टन आउन चेतावानी पनि दिनुभएको थियो । त्यसपछि उत्तर कोरियाले ती विद्यार्थीको रिहाइको प्रक्रिया सुरु गरेको बताइन्छ ।
उत्तर कोरियाली विद्यार्थीको रिहाई मानवीयताको आधारमा भएको जानकारी कोरियाली सरकारले दिएको हो । अमेरिकाको भर्जिनिया विश्वविद्यालयका ती विद्यार्थीले कोरियाली थुनामा एक वर्षभन्दा बढी समय बिताउनुपरेको थियो ।
उत्तर कोरियाको एक होटलमा बसेका उनले सोही होटलबाट राजनीतिक पर्चा चोरी गरेकोजस्तो सामान्य आरोप उत्तर कोरियाली प्रहरीले लगाएको थियो ।
हिजो अमेरिकाको ओहायोस्थित आफ्नो घर पुगेका ती विद्यार्थीका परिवारले ती विद्यार्थीलाई उत्तर कोरियाली प्रहरीले निर्ममतापूर्वक पिटेको पाइएको जनाएको छ । उनको शरीरभरि पिटाइका कारण निलडामहरु रहेको पनि परिवारले जनाएको छ ।
उत्तर कोरियाको एक अदालतलाई उद्धृतगर्दै यहाँको सरकारी समाचार समितिले भनेको छ– हाम्रो थुनामा रहेका एकजना अमेरिकी विद्यार्थीलाई उत्तर कोरियाले मानवीयताको अधारमा रिहा गरेको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त