भ्रष्टाचार आरोपमा २३ पक्राउ

सोफिया (बुल्गेरिया), ३१ जेठ । बुल्गेरियाको भन्सार कार्यालयका अधिकृत र व्यापारीहरू गरी २३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

बुल्गेरियाको ग्रिससँगको सिमानामा रहेको मुख्य जाँच चौकीमा उनीहरू पक्राउ परेका छन् ।

सीमा क्षेत्रमा पर्ने कुलाताबाट कुनै चेकजाँच विना नै ट्रकपार गराएपछि उनीहरूविरुद्ध अनुसन्धान गरिएको बताइएको छ ।

प्रहरीले कुलाता र सोफियामा रहेका ८३ वटा भन्सार कार्यालय र यातायात कार्यालयमा छापा मारेको थियो । घटनास्थलबाट प्रहरीले ६३ हजार लेभा अर्थात ३६ हजार अमेरिकी डलर बराबरको नगद पनि बरामद गरेको एक जना सरकारी प्रवक्ता रुमिना अर्नाऔडोभाले जानकारी दिनुभएको छ ।

बुल्गेरिया सरकारी अधिकारीहरू नै लामो समयदेखि सीमा क्षेत्रमा मानव बेचबिखन, राजस्व छलीलगायतका अवैधानिक कार्यमा संलग्न हुँदै आएको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री