
विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’मा भाग लिन आउनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै जेनेभास्थित संयुक्त राष्ट्र सङ्घ तथा अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अधिकारी एवम् स्विट्जरल्यान्डका लागि नेपालका राजदूत तथा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिलगायतका विशिष्ट अधिकारीहरु । तस्बिरः सुरेन्द्रबहादुर नेपाली, जेनेभा, रासस
जेनेभा, ३१ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी स्वीट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’ को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा भाग लिन आज यहाँ आइपुग्नुभयो ।
उहाँलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा जेनेभास्थित संयुक्त राष्ट्र सङ्घ तथा अन्तर्राष्ट्रिय सङ्गठनका लागि स्वीट्जरल्यान्डका स्थायी प्रतिनिधि आमादो पेरेज तथा जेनेभा क्यान्टोनका नायब शिष्टाचार महपालले स्वागत गर्नुभयो ।
साथै उहाँलाई अन्तर्राष्ट्रिय श्रम सङ्गठनका सहायक महानिर्देशक तथा एसिया तथा प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक तोमोको निसिमोतो, सङ्गठनका महानिर्देशकका कार्यालयका वरिष्ठ सल्लाहकार सेन्जी ली र सङ्गठनका वरिष्ठ शिष्टाचार अधिकृतहरूले पनि स्वागत गर्नुभयो ।
साथै उहाँलाई स्वीट्जरल्यान्डका लागि नेपालका राजदूत तथा संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धिताल तथा राजदूतावासका वरिष्ठ अधिकृतहरूले पनि स्वागत गर्नुभयो ।
राष्ट्रपति भण्डारी आज बिहान संयुक्त अरब इमिरेट्सको अबुधाबीबाट यहाँ आइपुग्नु भएको हो ।
राष्ट्रपति भण्डारीका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपतिका स्वकीयसचिव डा विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकृत सहभागी हुनुहुन्छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल