
विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’मा भाग लिन आउनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै जेनेभास्थित संयुक्त राष्ट्र सङ्घ तथा अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अधिकारी एवम् स्विट्जरल्यान्डका लागि नेपालका राजदूत तथा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिलगायतका विशिष्ट अधिकारीहरु । तस्बिरः सुरेन्द्रबहादुर नेपाली, जेनेभा, रासस
जेनेभा, ३१ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी स्वीट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’ को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा भाग लिन आज यहाँ आइपुग्नुभयो ।
उहाँलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा जेनेभास्थित संयुक्त राष्ट्र सङ्घ तथा अन्तर्राष्ट्रिय सङ्गठनका लागि स्वीट्जरल्यान्डका स्थायी प्रतिनिधि आमादो पेरेज तथा जेनेभा क्यान्टोनका नायब शिष्टाचार महपालले स्वागत गर्नुभयो ।
साथै उहाँलाई अन्तर्राष्ट्रिय श्रम सङ्गठनका सहायक महानिर्देशक तथा एसिया तथा प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक तोमोको निसिमोतो, सङ्गठनका महानिर्देशकका कार्यालयका वरिष्ठ सल्लाहकार सेन्जी ली र सङ्गठनका वरिष्ठ शिष्टाचार अधिकृतहरूले पनि स्वागत गर्नुभयो ।
साथै उहाँलाई स्वीट्जरल्यान्डका लागि नेपालका राजदूत तथा संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धिताल तथा राजदूतावासका वरिष्ठ अधिकृतहरूले पनि स्वागत गर्नुभयो ।
राष्ट्रपति भण्डारी आज बिहान संयुक्त अरब इमिरेट्सको अबुधाबीबाट यहाँ आइपुग्नु भएको हो ।
राष्ट्रपति भण्डारीका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपतिका स्वकीयसचिव डा विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकृत सहभागी हुनुहुन्छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त