बर्लिन (जर्मनी), ३० जेठ । बेलायतले यूरोपियन यूनियनबाट बाहिरिने निर्णय गरेसँगै सन् २०१६ मा जर्मनमुलका बेलायती नागरिकको स्वदेश फर्किने लहर ह्वात्तै बढेको छ ।
जर्मनीको केन्द्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार दिएको जानकारी अनुसार सन् २०१६ मा बेलायत बसोवास गर्दै आएका नागरिक सन् २०१५ को तुलनामा ३६१ प्रतिशत बढी जर्मनी फिर्ता हुनका लागि आवेदन दिएका छन् ।
सन् २०१५ मा नागरिकताका लागि परेको निवेदनमा ८५६ जनालाई नागरिकता प्रदान गरिएकोमा सन् २०१६ मा अहिलेसम्मकै धेरै दुई हजार ८५६ जनाले जर्मन नागरिकता पाएका हुन् । यो गत बर्षको तुलनामा दुई हजार २०० स्वीकृत आवेदकको सङ्ख्या हो ।
यसलाई बेलायतले इयूबाट बाहिरिने भनी जनमत सङ्ग्रहबाट लिएको निर्णयसँग जोडेर हेरिएको जर्मन विश्लेषकले बताएका छन् ।
तथाकथित ‘हार्ड ब्रेक्जिट’ को प्रसङ्ग वा बेलायतलाई युरोपिएन यूनियन र यसको एकल बजार सम्वन्धि नीतिका कारण कतिपय बेलायती नागरिकताधारी अन्य मुलका व्यवसायीले आफ्नो अधिकार तथा व्यवसायमा समस्या आउन सक्ने देखेपछि जर्मनी वा अन्य यूरोपेली मुलुकमा आउने गरेका उनीहरूको विश्लेषण छ ।
सन् २०१६ मा जम्मा एक लाख १० हजार ४०० जर्मनमुलका तर विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका आप्रबासीहरूले आफ्नो निबेदन अनुसार जर्मन नागरिकता पाएका कार्यालयले जनाएको छ । यो गत बर्षको तुलनामा २.९ प्रतिशतको बृद्धि हो ।
पछिल्लो समयमा सवैभन्दा बढी १६ हजार २९० जर्मनमुलका टर्कीबासीले जर्मनीमा बसोबासका लागि अनुमति पाएका थिए । यद्यपि यो सङ्ख्या सन् २०१५ को तुलनामा १६.९ प्रतिशत कम हो ।
त्यसैगरी दोस्रो समूहमा पोल्याण्डबाट जर्मनी आउनका लागि निवेदन दिने नागरिक परेका र यो सङ्ख्या छ हजार ६३२ रहेको छ ।
जर्मनी आउन चाहने नागरिकको सरदर उमेर ३३ बर्ष रहेको र उनीहरू सरदर १७ बर्ष भन्दा बढि जर्मनीमा बिताएका पाइएको तथ्याङ्कमा देखिएको छ । यसमा पनि पुरुषको तुलनामा महिला आवेदक बढी अर्थात् ५३.९ प्रतिशत रहेका छन् ।
आवेदकमध्ये झण्डै ६० प्रतिशतभन्दा बढि व्यक्ति यूरोपमा बसोबास गर्ने गरेका र २९ प्रतिशत इयूभित्रै रहेका प्रतिवेदनमा छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल