बर्लिन (जर्मनी), ३० जेठ । बेलायतले यूरोपियन यूनियनबाट बाहिरिने निर्णय गरेसँगै सन् २०१६ मा जर्मनमुलका बेलायती नागरिकको स्वदेश फर्किने लहर ह्वात्तै बढेको छ ।
जर्मनीको केन्द्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार दिएको जानकारी अनुसार सन् २०१६ मा बेलायत बसोवास गर्दै आएका नागरिक सन् २०१५ को तुलनामा ३६१ प्रतिशत बढी जर्मनी फिर्ता हुनका लागि आवेदन दिएका छन् ।
सन् २०१५ मा नागरिकताका लागि परेको निवेदनमा ८५६ जनालाई नागरिकता प्रदान गरिएकोमा सन् २०१६ मा अहिलेसम्मकै धेरै दुई हजार ८५६ जनाले जर्मन नागरिकता पाएका हुन् । यो गत बर्षको तुलनामा दुई हजार २०० स्वीकृत आवेदकको सङ्ख्या हो ।
यसलाई बेलायतले इयूबाट बाहिरिने भनी जनमत सङ्ग्रहबाट लिएको निर्णयसँग जोडेर हेरिएको जर्मन विश्लेषकले बताएका छन् ।
तथाकथित ‘हार्ड ब्रेक्जिट’ को प्रसङ्ग वा बेलायतलाई युरोपिएन यूनियन र यसको एकल बजार सम्वन्धि नीतिका कारण कतिपय बेलायती नागरिकताधारी अन्य मुलका व्यवसायीले आफ्नो अधिकार तथा व्यवसायमा समस्या आउन सक्ने देखेपछि जर्मनी वा अन्य यूरोपेली मुलुकमा आउने गरेका उनीहरूको विश्लेषण छ ।
सन् २०१६ मा जम्मा एक लाख १० हजार ४०० जर्मनमुलका तर विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका आप्रबासीहरूले आफ्नो निबेदन अनुसार जर्मन नागरिकता पाएका कार्यालयले जनाएको छ । यो गत बर्षको तुलनामा २.९ प्रतिशतको बृद्धि हो ।
पछिल्लो समयमा सवैभन्दा बढी १६ हजार २९० जर्मनमुलका टर्कीबासीले जर्मनीमा बसोबासका लागि अनुमति पाएका थिए । यद्यपि यो सङ्ख्या सन् २०१५ को तुलनामा १६.९ प्रतिशत कम हो ।
त्यसैगरी दोस्रो समूहमा पोल्याण्डबाट जर्मनी आउनका लागि निवेदन दिने नागरिक परेका र यो सङ्ख्या छ हजार ६३२ रहेको छ ।
जर्मनी आउन चाहने नागरिकको सरदर उमेर ३३ बर्ष रहेको र उनीहरू सरदर १७ बर्ष भन्दा बढि जर्मनीमा बिताएका पाइएको तथ्याङ्कमा देखिएको छ । यसमा पनि पुरुषको तुलनामा महिला आवेदक बढी अर्थात् ५३.९ प्रतिशत रहेका छन् ।
आवेदकमध्ये झण्डै ६० प्रतिशतभन्दा बढि व्यक्ति यूरोपमा बसोबास गर्ने गरेका र २९ प्रतिशत इयूभित्रै रहेका प्रतिवेदनमा छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा