लुसाका (जाम्बिया), ३० जेठ । राष्ट्रपतिको सम्बोधन बहिष्कार गरेको आरोपमा ४८ सांसदलाई ३० दिनका लागि निलम्बन गरेको जाम्बियाको संसदले मङ्गलबार जनाएको छ ।
राष्ट्रपति एडगार लुङ्गुले गएको मार्चमा निर्वाचित भएपछि गरेको संसदको सम्वोधनमा प्रतिपक्षि दल यूपीएन्डीका सांसदले विरोध स्वरुप बहिस्कार गरेका थिए ।
‘मैले राष्ट्रपतिको सम्बोधन बहिस्कार गर्ने ४८ सांसदलाई ममाथि निहित कानूनी अधिकारको प्रयोग गरी ३० दिनका लागि निलम्वन गर्ने निर्णय लिएको छु’, सभामुख प्याट्रिक मातिविनीले मङ्गलबार सञ्चारकर्मीसँग बताउनुभयो ।
निलम्बनमा परेका प्रतिपक्षीदल पार्टी फर युनाइटेड नेसनल डेभलपमेन्ट (यूपीएनडी) का नेता हाकुन्दे हिचिलेमाले आफ्ना सांसदविरुद्ध गरिएको कारबाहीप्रति प्रतिक्रिया दिँदै भन्नुभयो, ‘अझ पनि कसैलाई निरङ्कुश शासनका विषयमा शङ्का छ भने संसदले आफ्ना सांसदमाथि गरेको घटनाको बिष्लेषण गर्नुहोस् ।’
प्रजातान्त्रिक अभ्यासअनुसार संसदमा उपस्थित हुने नहुने आफ्नो दलको निर्णय भएको भन्दै उहाँले सांसदलाई संसदमा विरोध जनाउन अनुपस्थित भएको घटनामा कारबाही गरिनु कहाँको प्रजातन्त्र हो भनी उहाँले प्रश्न गर्नुभयो ।
सन् १९९१ मा प्राप्त प्रजातन्त्रलाई जोगाउने बेला आएको छ र यसका लागि जाम्बियाली जनताले आफ्नो दललाई सघाउने छन्, हिचिलेमाले सञ्चारकर्मीलाई बताउनुभयो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल