याङ्गुन, २९ जेठ । विमान दुर्घटना भएको पाँचौ दिन दुर्घटनामा परी मृत्यु भएका मध्ये सोमबारसम्म ८१ जनाको शव भेटिएकोे रक्षा सेवा कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
टानिन्थारीको दक्षिणी सामुद्रिक किनारामा पर्ने माउङमाकानबाट पछिल्लो समय थप पाँच ओटा शव भेटिएको हो ।
विमान दुर्घटना भएको घटनास्थलमा सोमबार पनि लगातार खोजी गरिएको थियो । खोजीका लागि नौ पानी जहाज, पाँच सैनिक विमान र दुई हेलिकोप्टर सहित स्थानीय सहयोगीहरु परिचालन भएका छन् ।
गत बुधबार १२२ जना यात्रु सहित मिइकीबाट उडेको जहाज दुर्घटनामा परेको हो । विमानमा भएका मध्ये १०८ जना सेना र तिनीहरुका पारिवारिक सदस्य र १४ जना चालक दलका सदस्य रहेका थिए । यस दुखद् घटनाको अनुसन्धान भइरहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित