
लन्डन । डेनमार्क र नेपालबीच दौत्य सम्बन्धको स्वर्ण जयन्ती मनाउने सिलसिलामा डेनमार्कमा ‘नेपाल एक्सपो’ को तयारी अन्तिम चरणमा छ । १६ देखि १८ जुनसम्म हुने उक्त एक्सपोमा नेपाली उत्पादन तथा हस्तकला सामाग्री प्रदर्शन हुने आयोजक नेपाल हाउस कोअपरेटिभ लिमिटेड डेनमार्कले जनाएको छ ।
नेपाल हाउसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत पूर्ण बन्धनले डेनिस क्रेताहरुलाई एक्सपोसम्म पुरयाउने रणनीति अनुरुप डेनिस सेलेब्रेटी सिंगरहरु वाफण्डे र स्टीग मोलरका साथ प्रख्यात डिजे मास्टर फ्याटम्यान समेत सहभागी हुने जनाए ।
मेलामा डेनिस र नेपाली व्यापारीबीच नियमित व्यावसायिक सम्पर्क स्थापित गराउने हेतुले ‘लाइक नेभर बिफोर’ नामक कोअपरेटिभ विजनेस सेमिनार समेत गर्न लागिएको छ । उक्त सेमिनार एक्सपो सकिएको भोलिपल्ट ड्यान होस्टेल सभाकक्षमा हुनेछ । सेमिनारमा आउने व्यवसायीहरुको मनोबल बढाउन र डेनिस व्यवसायीहरूलाई नेपालबारे यथेष्ट जानकारी दिन युरोपकै एकमात्र सगरमाथा आरोही महिला तथा प्रख्यात उत्प्रेरक वक्ता लिने गामलगोर्डले विजनेस सेमिनारको नेतृत्व गर्ने बताइएको छ ।
एक्सपोमा स्थानीय नेपाली कलाकारहरुले लोक तथा आधुनिक नृत्य, चलचित्र गीत गायन, नेपाली शास्त्रीय नृत्य, सुदुरपश्चिमेली हुड्के र छलिया, मौन सडक नाटक, लाखे नृत्य इत्यादि प्रस्तुत गरिने जनाउंदै बन्धनले सुदुरपश्चिमको थारु समुदायका पहिरन लगायत नेपालका प्रमुख जनजातीका पोशाक संलग्न इथ्नीक फेशन सो हुने जानकारी दिए ।
एक्सपोमा रिदम र बिट अनुरुप लोकबाजा बजाउन माहिर प्रख्यात नेपाली पप गायक दीपक बज्राचार्यको क्रिम अफ रिदमको विशेष प्रस्तुति हुने आयोजकले जनाएका छन् । बज्राचार्यको ब्याण्ड सदस्यहरुलाई तीन वर्षका लागि ब्राण्ड एम्बासडरका रुपमा नियुक्त गरिएको छ ।
एक्सपोमा सहभागी हुन आउने उत्पादक तथा पर्यटन सेवा विक्रेता कम्पनीहरुका साथ दीर्घकालिन सम्झौता गरि नेपाल हाउस अनलाइन सुपर मार्केटका माध्यमबाट स्क्यानडेनिभियन क्षेत्रमा नेपाली वस्तु तथा सेवाहरुको विक्री सुपथ र सहज बनाउने योजना रहेको नेपाल हाउसका परिकल्पनार पूर्ण बन्धनले बताए । डेनमार्कमा नेपालका वस्तु विक्री तथा सेवा दिइरहेका एसियन मुलका व्यापारीबीच समन्वय होस् भन्ने हेतुले नेपाल हाउसले नै हरेक वर्ष ‘एसियन एक्सपो’ गर्ने जानकारी समेत बन्धनले दिए ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी