क्वालालम्पुर । नयां शक्तिप्रति आस्था राख्ने मलेसियास्थित अभियन्ताहरुलाई अन्तर्राष्ट्रय नेपाली समाज मलेसियामा स्वागत गरिएको छ । ‘हाम्रो देश नेपाल हाम्रै पालामा समृद्ध पार्न सकिन्छ’ भन्ने विश्वासका साथ यस अभियानमा संगै अगाडि बढ्न चाहने आठ अभियन्तालाई स्वागत गरिएको हो । नव प्रवेशीमा सन्तोष गुरुङ, राजु गुरुङ, पितम गुरुङ, किङ गुरुङ, प्रशान्त शाह, पूर्ण बहादुर गुरुङ, बिक्रम तामाङ र बुद्ध लामा छन् । नयां अभियन्ताहरुलाई कार्यवहाक अध्यक्ष सुबर्ण थापाले दोसल्ला ओढाएर स्वागत गरेको अन्तर्राष्ट्रय नेपाली समाज मलेसियाका सचिव दिनेश खड्काले जानकारी दिए ।
यसैबीच, क्वालालम्पुर स्थित उग्रतारा रेस्टुरेन्टको सभाहलमा आइतबार सम्पन्न बैठकले नयां कोषाध्यक्ष पनि चयन गरिएको छ । पूर्ब कोषाध्यक्ष सुजन तामाङ नेपाल फर्किएपछि नयां कोषाध्यक्षमा जादु तामाङलाई सर्वसम्मत चयन गरिएको हो । पूर्ब कोषाध्यक्ष सुजन तामाङ र सदस्य रिबेक तामाङलाई संगठनमा पुरयाएको योगदानको उच्च कदर गर्दै विदाइ गरियो ।
नवनियुक्त कोषाध्यक्ष जादु तामाङले धन्यवादसहित पार्टी र संगठनको नीति, नियम र विधानलाई आत्मसात गर्दै आगामी दिनमा अझ सशक्त रुपमा पार्टी र संगठनलाई अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’