तेहरान, २८ जेठ । इरानले कतारलाई पाँच ओटा कार्गो विमान खाद्यान्न पठाइएको इरानको सरकारी अधिकारीहरुले आइतबार जनाएका छन् ।
अरबी देशहरुबाट नाकाबन्दी गरिएकाले कतारमा खाद्यान्न सङ्कट हुन सक्ने देखेर इरानले खाद्यान्न पठाइदिएको जनाएको छ ।
“पाँच ओटा कार्गो जहाजमा फलफुल, तरकारीलगायतका ताजा खानेकुरा कतार पठाइएको छ, हरेक विमानले झन्डै ९० टन बोकेका थिए, अरु जहाजमा पनि पठाइने भएको छ,” इरानका हवाई प्रवक्ता शाक्रोख नौशाबाडीले भन्नुभयो ।
“त्यहाको मागअनुसार हामी निरन्तर निर्यात गर्ने छौँ,” उहाँले थप्नुभयो । झन्डै ३५० टन त्यो खाद्यान्न पानी जहाजमा राखेर कतारको बन्दरगाहामा पुरयाइएको उहाँले जानकारी दिनुभयो । दायेर इरानबाट कतारको सबै भन्दा नजिकको बन्दरगाहा हो ।
अरव क्षेत्रमा यस वर्ष निकै ठुलो कुटनीतिक समस्या देखिएको छ । साउदी अरव, बहराइन, युनाइटेड अरव इमिरेटस्, इजिप्ट र यमनले गत सोमबार कतारमा नाकाबन्दी गरिएको घोषणा गरेका थिए । कतारले अतिबादीलाई सहयोग गरेकाले नाकाबन्दी गर्नुपरेको उनीहरुको भनाइ छ ।
बेलायतको म्यान्चेस्टरमा गरिएको बिभत्स आतङ्ककारी आक्रमणको दुई हप्ता बित्न नपाउँदै बेलायत कै लन्डन ब्रिजनजिक अर्को भीषण आतङ्ककारी आक्रमणको घटना दोहोरिएपछि सम्पूर्ण युरोप भयभित भई तीव्र खैलाबैला मच्चिएको थियो ।
पछिल्लो आक्रमण इस्लामिक स्टेट्स आतङ्कवादी सङ्गठन (आइएस) ले गराएको दाबी गरेको थियो । आइएसका सशस्त्र लडाकू समूहलाई भित्रभित्रै सहयोग गरेको, अमेरिका, युरोपेली सङ्घलगायत पश्चिमी मुलुकहरुद्वारा कडा प्रतिबन्ध लगाइएको इरानसँग गहिरो साँठगाँठ राखेको र मध्यपूर्वका राष्ट्रबीच आपसी मतभेदकारी निती अवलम्बन गरेको इत्यादि आरोपमा गल्फका छ अरबी राष्ट्रहरु–इजिप्ट, लिबिया, साउदी अरब, युनाइटेड अरब इमिरेट्स, बहराइन, यमन तथा टाढाको दक्षिण एसियाली राष्ट्र माल्दिभ्ससमेत सातवटा मुलुकले कतारसँग दौत्य सम्बन्ध बिच्छेद गरेका थिए ।
ती मुलुकले कतारस्थित आ–आफ्ना कूटनीतिक नियोग वा राजदूतावासबाट राजदूतलगायत सबै कर्मचारी फिर्ता बोलाउनुका साथै आफ्नो मुलुकमा रहेका कतारका सबै कूटनीतिक कर्मचारी एवम् नागरिकलाई देश छोड्ने आदेश दिएका थिए ।
त्यत्ति मात्र नभई ती राष्ट्रले आफ्नो जलमार्ग, स्थलमार्ग तथा हवाइमार्गका नाका प्रयोग गर्नबाट कतारका पानी जहाज, गाडी तथा विमानलाई प्रतिबन्ध लगाउने तथा आफ्नो देशका सबै विमान सेवाले कतारका कुनै पनि गन्तब्यतर्फ उडान नगर्ने निर्णय लिएका थिए । अझ कतारसँग स्थल सीमा जोडिएको मुलुक युनाइटेड अरब इमिरेट्सले आफ्नो सीमासमेत बन्द गरेको थियो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल