नयाँदिल्ली, २७ जेठ । भारतीय सरकारले योगाको प्रबद्र्धन तथा विकासका लागि देशभरी एक सय ओटा योगा पार्क बनाउने भएको छ ।
“ती पार्कहरु विषेश गरी योगा गर्नका लागि बनाइने छ, एक वर्षभित्रमा यस्ता पार्क बनाउनका लागि योगा सम्वन्धी वा अन्य सङ्घसंस्थाले स्वयमसेवीरुपमा सहयोग गर्ने छन्,” आयुर्बेद, योगा र होमियोप्याथी मन्त्री श्रीपाद निकले भन्नुभयो ।
उहाँले आवश्यक श्रोतसाधन सम्वन्धीत प्रदेश सरकार र विभिन्न सम्वन्धीत निकायले उपलब्ध गराउने बताउनुभयो । योगा पार्कमा प्राचिन योग अभ्यासका बारेमा सर्वसाधारणलाई प्रशिक्षणसमेत दिइने भएको छ ।
मन्त्री श्रीपादले यही जुन २१ तारिखका दिन अन्तरराष्ट्रिय योगा दिवस भव्यताका साथ मनाउन सवैलाई आह्वान पनि गर्नुभएको छ ।
लखनउमा हुने योगा दिवसको मुख्य समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनुहुने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री मोदीसँगै केन्द्रीय सरकारका अन्य केही मन्त्री, उत्तरप्रदेशका मुख्य मन्त्री, योगा गुरुलगायतले योगाका बारेमा छलफल गर्नुहुने उहाँले बताउनुभयो । जुन २१ का दिन हुने प्रदर्शनात्मक योगामा झन्डै ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको छ ।
गत वर्ष पनि प्रधानमन्त्री मोदीकै नेतृत्वमा दोस्रो अन्तरराष्ट्रिय योगा दिवस चण्डीगढमा मनाइएको थियो ।
योगाले शरिरलाई सक्रिय, बलियो, फुर्तिलो र स्वस्थ राख्नुका साथै स्वासप्रश्वास, मुटुलगायतका अंगलाई समेत फाइदा गर्ने विज्ञहरुको भनाइ छ ।
संयुक्त राष्ट्रसङ्घले हरेक वर्षको जुन २१ तारिकका दिन विश्वभरी अन्तरराष्ट्रिय योगा दिवस मनाउने निर्णय केही वर्ष अगाडि गरेको हो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल