वासिङ्टन, २५ जेठ ः अमेरिकी गुप्तचर संस्था (एफविआई) का पूर्व निर्देशक जेम्स कोमीले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको हस्तक्षेपका बिषयमा लगातार प्रभावमा राख्न चाहेको र आफूलाई राष्ट्रपतिप्रति बफादार बनाउन खोजेको आरोप लगाउनुभएको डेमोक्रेटिक सिनेटर मार्क वाग्नरले बिहीबार बताउनुभएको छ ।
उहाँले पाँचवटा कुराकानीको विवरण प्रस्तुत गर्दै ट्रम्पले बारम्बार बफादारी खोजेको कुरालाई जोड दिनुभएको छ भने कोमीले चाहिँ आफ्नो भूमिकामा निष्पक्षताको जोड दिनुभएको सिनेटको गुप्तचर मामिला हेर्ने समितिसँगको बयानमा बताउनुभएको छ,वाग्नरले जनाउनुभयो ।
अमेरिकाको सिनेटको गुप्तचरीसम्बन्धी समितिले संघीय जाँच ब्यूरोका बर्खास्त गरिएका निर्देशकले ऊ समक्ष दिने लिखित बयान प्रकाशित गरेको छ जसमा उहाँले आफ्ना पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकारलाई अनुसन्धान नगर्न राष्ट्रपति ट्रम्पले आफुलाई भनेको उल्लेख गर्नुभएको छ ।
यसअघि राष्ट्रिय सुरक्षासम्बन्धी दुईजना वरिष्ठ अधिकारीहरु माइक रोजर्स तथा ड्यान कोट्सले सिनेटरहरु समक्ष बयान दिंदै उनीहरुमाथि ह्वाइट हाउसले कुनै पनि गैरकानुनी काम गर्न दबाब नदिएको उल्लेख गरेका छन्।
तर बिहीबार सिनेट समिति समक्ष बयान दिएका कोमीले चाहिं उहाँलाई मे ९ मा बर्खास्त गरिनु अगाडि भएका भेटघाटमा राष्ट्रपतिले असहज बनाइदिएको उल्लेख गर्नुभएको छ ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च