
नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बिहीबार कार्यसम्पादन समितिको बैठक बस्दै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २५ जेठ । नेपाली काँग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि शुक्रबारसम्म तीन प्रदेशको उम्मेदवारी टुङ्गो लगाउने भएको छ ।
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले अधिकांश जिल्लाको उम्मेदवार टुङ्गो लगाए पनि प्रदेश नं १, ५ र ७ को भोलिसम्म टुङ्गो लगाउने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले गुल्मी, नवलपरासी, ओखलढुङ्गा, सङ्खुवासभालगायतका अधिकांश जिल्लाको टुङ्गो लगाएको र भोलि बस्ने बैठकले सबै उम्मेदवार टुङ्ग्याउने बताउनुभयो । २ नं प्रदेशको भने केही समय लाग्ने उहाँले जानकारी दिनुभयो ।
काँग्रेसले सो निर्वाचनका लागि क्षेत्रीय कार्यसमितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्ग्याउने अधिकार दिएको छ । क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्यसमितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्यसमितिमा पठाउने व्यवस्था छ ।
बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेता डा रामशरण महत, डा प्रकाशशरण महत, अर्जुननरसिंह केसी, रमेश लेखकलगायतको उपस्थिति थियो ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान