दुबाई (संयुक्त अरब इमिरेट्स), २३ जेठ । विगत तीन दिनमा एकदमै नाटकिय ढङ्गबाट गल्फका सबैजसो अरबी मुलुकहरु तथा माल्दिभ्सलगायत सातवटा इस्लामी राष्ट्रहरुले कतारसंग दौत्य सम्बन्ध बिच्छेद गरेकामा यस समस्या सुल्झाउनका लागि मध्यस्थता गर्न कुवेतले चासो देखाएको छ ।
बेलायतको म्यान्चेस्टरमा गरिएको बिभत्स आतङ्ककारी आक्रमणको दुई हप्ता बित्न नपाउंदै बेलायतकै लन्डन ब्रिजनजिक अर्को भीषण आतङ्ककारी आक्रमणको घटना दोहोरिएपछि सम्पूर्ण युरोप भयभीत भई तीब्र खैलाबैला मच्चिएको थियो ।
पछिल्लो आक्रमण इस्लामिक स्टेट्स आतङ्कवादी सङ्गठन (आइएस) ले गराएको दाबी गरेको थियो । आइएसका सशस्त्र लडाकू समूहलाई भित्रभित्रै सहयोग गरेको, अमेरिका, युरोपेली सङ्घलगायत पश्चिमी मुलुकहरुद्वारा कडा प्रतिबन्ध लगाइएको इरानसंग गहिरो साठगांठ राखेको र मध्यपूर्वका राष्ट्रहरुबीच आपसी मतभेदकारी नीति अवलम्बन गरेको इत्यादि आरोपमा गल्फका छ अरबी राष्ट्रहरु – इजिप्ट, लिबिया, साउदी अरब, युनाइटेड अरब इमिरेट्स, बहराइन, येमन तथा टाढाको दक्षिण एसियाली राष्ट्र माल्दिभ्स समेत सातवटा मुलुकहरुले कतारसंग दौत्य सम्बन्ध बिच्छेद गरेका थिए ।
विगत तीन दिन भित्रै नाटकीय ढङ्गबाट एक्कासी विकसित भएको यस घटनाक्रममा ती मुलुकहरुले कतारस्थित आ–आफ्ना कूटनीतिक नियोग वा राजदूतावासबाट राजदूतलगायत सबै कर्मचारीहरु फिर्ता बोलाउनुका साथै आफ्नो मुलुकमा रहेका कतारका सबै कूटनीतिक कर्मचारी एवम् नागरिकहरुलाई देश छोड्ने आदेश दिए ।
त्यत्ति मात्र नभई ती राष्ट्रहरुले आफ्नो जलमार्ग, स्थलमार्ग तथा हवाईमार्गका नाकाहरु प्रयोग गर्नबाट कतारका पानी जहाज, गाडी तथा विमानहरु लाई प्रतिबन्ध लगाउने तथा आफ्नो देशका सबै विमान सेवाहरुले कतारका कुनै पनि गन्तब्यतर्फ उडान नगर्ने निर्णय लिएका थिए । अझ कतारसंग स्थल सीमा जोडिएको मुलुक युनाइटेड अरब इमिरेट्सले आफ्नो सीमा समेत बन्द गरेको थियो ।
सन् १९९१ मा अमेरिकी तथा बहूराष्ट्रिय सेना र इराकबीच भएको खाडीको युद्धपश्चात् पहिलो पटक गल्फका अरबी राष्ट्रहरुबीच कल्पना नै नगरिएको यस प्रकारको चरम कूटनीतिक सङ्कट उत्पन्न भएको जनाइएको छ ।
यस सङ्कटको स्थितिलाई चिर्दै आक्रोश मत्थर पार्न सबै पक्षले विश्वास गर्ने खाडीकै कुनै एक गतिलो राष्ट्रको मध्यस्थताको टड्कारो आवश्यकतालाई गम्भीरतापूर्वक महसूस गरिएको अवस्थाबीच कुवेतले मध्यस्थता गर्ने चासो देखाएको छ ।
यस सम्बन्धमा, कुवेतका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले कतारका शासक अमीर शेख तामिम बिन हमाद अल थानीसंग कुराकानी पनि गरिसकेका छन् ।
बिग्रिएको सम्बन्ध पुनः स्थापना गरी पुरानै स्थितिमा फर्काउन कुवेतले सक्दो प्रयास गर्ने कतारका कुनै पनि नेता वा अधिकारीले यस सङ्कटबारे हाल मुख नखोल्न वा बकबक नगर्न कुवेतका शासकले कतारका अमीर शेख तामिम बिन हमादसंग अनुरोध गर्नु भएको पनि विदेश मन्त्रीले जनाए ।
कतारको राजधानी दोहामा केन्द्रिय कार्यालय रहेको भू-उपग्रहीय टेलिभिजन प्रसारण सञ्जाल अल-जजिरालाई एक अन्तर्वार्ता दिने क्रममा विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुल रहमानले कतारमाथि आफ्नो मनोमानी लाद्न खोज्ने र उसको आन्तरिक मामिलामा हस्तक्षेप हुने कुनै पनि गतिबिधि कुवेतलाई मान्य नहुने पनि बताएका छन् ।
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने