लन्डन । नेपालमा बुद्ध वृद्धाश्रम निर्माण सहयोगार्थ आइतबार सांझ लन्डनमा आयोजित च्यारिटी डिनरमा करिब ३३ हजार पाउण्डको प्रतिवद्धता आएको छ । बुद्ध फाउण्डेशन यूके र कपिलवस्तु समाज यूकेको संयुक्त आयोजना एवं एनआरएनए यूकेको पूर्ण सहयोगमा प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा भएको च्यारिटीमा उक्त रकम प्रतिवद्धता आएको हो । टेबल सर्भ र थ्री कोर्स मिल उपलव्ध च्यारिटी डिनरमा सयौं सहभागी थिए ।
उक्त च्यारिटी कार्यक्रम उद्घाटन प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी र बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठले गरेका थिए ।
कार्यक्रमको शुरुमा गायक – गायिका गंगा थापा र शर्मिला बर्देवाले ‘जहां छन् बुद्धका आंखा…’ गीत गाए । कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष हिराधन राईले स्वागत मन्तव्य र बुद्ध फाउण्डेशन यूकेका उपाध्यक्ष हरिश ज्ञवालीले वृद्धाश्रमको कन्सेप्ट, लागत, डिजाइनसहित विविधि पक्षबारे भिडियो प्रिजेन्टेसन दिए । ज्ञवालीले कपिलवस्तु बाणगंगा नगरपालिकास्थित नन्दनगरमा १४ बेड रुमको वृद्धाश्रम निर्माणका लागि करिब ७० लाख रुपैयां खर्च लाग्ने बताउंदै वृद्धाश्रम बनाउन २० रोपनी जग्गा भने कैलाश आश्रम तथा मनकामना दुर्गा मन्दिर धार्मिक वनले निशुल्क उपलब्ध गराउने सम्झौता गरिसकेको बताए ।
सम्वोधनका क्रममा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले बुद्ध फाउण्डेशन यूकेले स्थापनाको छोटो समयमै महत्वपूर्ण, सार्थक र राम्रा कामको थालनी गरेको जनाए । उनले भगवान बुद्धको नाम र जन्मस्थलमै वृद्धाश्रम बन्न लाग्नु स्तुत्य, सरहानीय र कदरयोग्य कार्य भएको चर्चा गरे । राजदूत सुवेदीले विदेशमा बस्ने नेपालीले भगवान गौतम बुद्धको जन्मस्थल नेपाल भएको सन्देश फैलाउन, बुद्ध जन्मेको देशका दाजुभाइलाई सहयोग गर्न र पर्यटकलाई बुद्धको देश हेर्न जानुहोस् भन्ने प्रेरणा दिन जरुरी रहेको पनि औंल्याए ।
कार्यक्रममा एनआरएनए युरोप कोअर्डिनेटर कुल आचार्य, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, उपाध्यक्ष शान्ति थापा कुंवर, पूर्व अध्यक्ष सूर्य गुरुङ, विनोद ज्ञवाली र शिवजी श्रेष्ठले पनि शुभकामना दिए ।
कार्यक्रमका सभापति बुद्ध फाउण्डेशन यूके अध्यक्ष दीपक श्रेष्ठले सबै सहयोगदाताप्रति आभार व्यक्त गर्दै बुढेशकालमा वृद्धाश्रमको महत्वबारे प्रकाश पारे । श्रेष्ठले बृद्धाश्रम प्रोजेक्टमा अझै पनि सघाउन अपिल गरेका छन् ।
कार्यक्रममा अबेर आइपुगेकी इन्डियन डान्स रियालिटी शो ‘डान्स इन्डिया डान्स’ र ‘झलक दिख लाजा’ की विजेता नेपाली चेली तेरिया मगर र स्थानीय कलाकारहरुले नाच देखाए भने वृद्धाश्रमको महत्व झल्कने एउटा नाटक समेत प्रदर्शन गरियो । उक्त नाटक प्रदर्शनीमा मनिष श्रेष्ठ, सिम्मी पुन, सुशील प्रजापति, मन्जु भट्ट, बिकेश बस्नेत लगायतको प्रमुख भूमिका थियो । कार्यक्रममा नाम्लो ब्याण्ड र गायिका शर्मिला बर्देवाले कयौं गीत प्रस्तुत गरेर दर्शकलाई मनोरन्जन प्रदान गरे । औपचारिक कार्यक्रम सचिन श्रेष्ठ र सांस्कृतिक कार्यक्रम सूर्य गुरुङले सञ्चालन गरेका थिए ।
तस्विरः एभरेष्ट गौतम
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता