लन्डन । २२ जनाको ज्यान जाने गरि म्यानचेस्टरमा भएको आत्मघाती आक्रमणको दुई साता नपुग्दै लन्डनमा फेरि आतंकवादी आक्रमण भएको छ । मेट्रोपोलिटन प्रहरीका अनुसार शनिबार राती लन्डनको मुटु लन्डन ब्रीज र बरो मार्केटमा गम्भीर प्रकृतिको आतंकवादी आक्रमण भएको हो । आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने प्रहरीले ३ आतंककारीलाई गोली हानी मारिदिएको छ । ४८ घाइतेहरुलाई उपचारार्थ विभिन्न अस्पतालमा लगिएको छ ।
बीबीसी संवाददाता होली जोन्सले लन्डन ब्रीजमा एउटा भ्यान करिब ५० माइलको गतिमा पैदल यात्रु माथि कुदाइएको देखेका थिए । सोही भ्यानबाट ओर्लेर ३ जनाले लन्डनब्रीज नजिक रहेको बरो मार्केटस्थित पब र रेष्टुरेन्टमा समेत छुरा प्रहार गरेको बेलायती सञ्चार माध्यमले जनाएका छन् ।
घट्नास्थलमा सशस्त्र प्रहरी, प्रतिआतंकवाद अधिकारी, एम्बुलेन्स र प्रहरीका गाडीको उल्लेख्य उपस्थिति छ ।
यस घट्नाबारे प्रधानमन्त्री टेरेजा मे सचेत रहेको र उनले घट्नालाई सम्भावित आतंकवादीका रुपमा लिइएको जनाएकी छन् । विपक्षी लेबोर पार्टीका नेता जेरेमी कोर्बीनले घट्नालाई क्रुर र आश्चर्यचकित भनेका छन् ।
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक