एडेन (यमन), २० जेठ । यमन सरकारको सैन्य बलले शनिबार दक्षिणी प्रान्त तायजस्थित राष्ट्रपति कार्यालयलाई फिर्ता लिन गरिएको सुरक्षा कारबाहीमा परी २७ जनाको मृत्यु भएको सैनिक स्रोतले जनाएको छ ।
तायजका प्रायःजसो भूभाग विद्रोही सिया हुथी विद्रोहीको नियन्त्रणमा रहिरहेका समय संयुक्त राष्ट्रसङ्घद्वारा मान्यता प्राप्त यमनी राष्ट्रपति अवेद्रब्वो मन्सुर हाडीको प्रशासनले गरेका सुरक्षा कारबाहीमा १९ जना विद्रोहीको मृत्यु भएको छ । झडपमा परी आठजना सरकारी सुरक्षाकर्मी (सेना)ले शाहदत प्राप्त गरेका नाम नबताउने सर्तमा एक उच्च सैनिकले बताए ।
तायजमा रहेको उक्त दरबार अझै इरानद्वारा सहयोग प्राप्त हुथी विद्रोहीको नियन्त्रणमा छ । हुथी विद्रोहीलाई पदबाट आन्दोलनको बलमा हटाइएका पूर्व राष्टपति अलि अब्दुल्लाह सालेह पक्षधर पूर्व यमनी सेनाको पनि सहयोग रहेको छ ।
हाडी प्रशासनका अनुसार सेना अब दरबारको निकै नजिक पुग्न सफल भएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम