सोल, १८ जेठ । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले देशका बिभिन्न महत्वपूर्ण पदहरुमा उच्च पदाधिकारीलाई बिहीबार नियुक्त गर्नुभएको छ ।
उहाँले राष्ट्रिय अनुसन्धान सेवा (नेशनल इन्टेलिजेन्स सर्भिस–एनआइएस) का तीन वटा रिक्त उच्च पदहरुमा नियुक्त गरी देशको जासूसी संस्थालाई पूर्णता प्रदान गर्नुभएको हो ।
बिहीबार नियुक्ति पाउने तीन जनामा पाकिस्तानका लागि दक्षिण कोरियाली राजदूतको पदमा कार्यरत सु डोङ–गुलाई फिर्ता बोलाई एनआइएसको प्रथम उप–निर्देशक पद, क्षेत्रीय एनआइएसका पूर्वप्रमुख किम् जून ह्वाङलाई द्वितीय उप–निर्देशक तथा एनआइएसकै उत्तर कोरियाली रणनीति निरुपण कार्यालयका पूर्वप्रमुख किम् साङ्ग–ग्युनलाई तृतीय उप–निर्देशक पदको जिम्मेवारी सुम्पिइएको छ ।
त्यस्तै, दक्षिण कोरियाली संसद्ले यसै हप्ताको सुरुमा एनआइएस निर्देशक पदका लागि नयाँ नाम पारित गरी सिफारिस गरेका उच्च पदाधिकारी सु हूनलाई राष्ट्रपति मूनले आजै अनुमोदन गरी नियुक्ति पत्र समेत प्रदान गर्नु भएको छ ।
पदभार सम्हाल्नु भएको केही दिनमै चुनौति स्वरुप उत्तर कोरियाले धमाधम आणविक क्षेप्याश्त्र परीक्षण प्रक्षेपण गरिरहेको सन्दर्भमा नवनिर्वाचित राष्ट्रपति मूनले देशको जासूसी संस्थालाई ब्यावसायिक बनाई चुस्त र दुरुस्त राख्ने क्रममा कर्मचारीतन्त्रमा ब्यापक फेर बदल गर्नु भएको भनी सन्चार माध्यमलाई बताइएको छ ।
साथै, यस संस्थालाई देशको राजनीतिक प्रभावबाट अलग्गै राख्ने र सत्तासीन उच्चस्तरका नेताहरुबाट प्रभावकारी शासन चलाउन उचित सहयोग पाउने बिश्वास पनि प्रकट गरिएको जनाइएको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल