सोल, १८ जेठ । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले देशका बिभिन्न महत्वपूर्ण पदहरुमा उच्च पदाधिकारीलाई बिहीबार नियुक्त गर्नुभएको छ ।
उहाँले राष्ट्रिय अनुसन्धान सेवा (नेशनल इन्टेलिजेन्स सर्भिस–एनआइएस) का तीन वटा रिक्त उच्च पदहरुमा नियुक्त गरी देशको जासूसी संस्थालाई पूर्णता प्रदान गर्नुभएको हो ।
बिहीबार नियुक्ति पाउने तीन जनामा पाकिस्तानका लागि दक्षिण कोरियाली राजदूतको पदमा कार्यरत सु डोङ–गुलाई फिर्ता बोलाई एनआइएसको प्रथम उप–निर्देशक पद, क्षेत्रीय एनआइएसका पूर्वप्रमुख किम् जून ह्वाङलाई द्वितीय उप–निर्देशक तथा एनआइएसकै उत्तर कोरियाली रणनीति निरुपण कार्यालयका पूर्वप्रमुख किम् साङ्ग–ग्युनलाई तृतीय उप–निर्देशक पदको जिम्मेवारी सुम्पिइएको छ ।
त्यस्तै, दक्षिण कोरियाली संसद्ले यसै हप्ताको सुरुमा एनआइएस निर्देशक पदका लागि नयाँ नाम पारित गरी सिफारिस गरेका उच्च पदाधिकारी सु हूनलाई राष्ट्रपति मूनले आजै अनुमोदन गरी नियुक्ति पत्र समेत प्रदान गर्नु भएको छ ।
पदभार सम्हाल्नु भएको केही दिनमै चुनौति स्वरुप उत्तर कोरियाले धमाधम आणविक क्षेप्याश्त्र परीक्षण प्रक्षेपण गरिरहेको सन्दर्भमा नवनिर्वाचित राष्ट्रपति मूनले देशको जासूसी संस्थालाई ब्यावसायिक बनाई चुस्त र दुरुस्त राख्ने क्रममा कर्मचारीतन्त्रमा ब्यापक फेर बदल गर्नु भएको भनी सन्चार माध्यमलाई बताइएको छ ।
साथै, यस संस्थालाई देशको राजनीतिक प्रभावबाट अलग्गै राख्ने र सत्तासीन उच्चस्तरका नेताहरुबाट प्रभावकारी शासन चलाउन उचित सहयोग पाउने बिश्वास पनि प्रकट गरिएको जनाइएको छ ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक