काबुल १८ जेठ । अफगानिस्तानको राजधानी काबुलमा बुधबार भएको भीषण ट्रकबम आक्रमणको कारण काबुल बिहीबार अत्यन्त भयभीत भएको छ ।
सन् २००१ यता भएका कैयाँै भयानक आक्रमणभन्दा पनि भीषण रुपबाट भएको यस आक्रमणको कारण बिहीबार काबुल भयभीत भएको बताइएको छ ।
स्थानीय बासिन्दाहरु आफ्ना आफन्तको शवको अन्तिम संस्कारमा लागेका छन् भने सर्वसाधारण जनताको सुरक्षाका लागि सरकार असफल भएको अवस्था देखिएको छ ।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । कैयौँ कूटनीतिक प्रतिनिधिको कार्यालय भएको जानबाक स्क्वायरमा बुधबार बिहान ८ः२५ मा भएको यस ट्रक बम आक्रमणमा परी कम्तीमा ९० जनाको मृत्यु भएको थियो ।
यस आक्रमणमा परी विदेशीलयगात सयौँको सङ्ख्यामा सर्वसाधारण घाइते भएका थिए । ‘हाम्रो देशमा कतिजेल यो रक्तपात सहिरहनु पर्ने हो’ एक स्नाथीयबासीले स्थानीय समाचार च्यानल टोलोलाई साधेका छन् ।
‘मैले यस विस्फोटमा आफ्ना भाइलाई गुमाएको छु, सरकार लगाताररुपमा सर्वसाधारणको सुरक्षा गर्न असफल भएको छ’, उनले भनेका थिए ।
यस आक्रमणमा घाइते भएका चार सयभन्दा बढीलाई उपचारार्थ अस्पताल भर्ना गरिएको र आफ्ना आफन्तको स्वास्थ्यस्थिति बुझ्नको लागि अस्पताल परिसरमा सर्वसाधारणको लाम लागेको छ । यस आक्रमणमा परी बेपत्ता भएका आफ्ना आफन्तको खोजी कार्य के भएको छ सो समाचारको लागि पनि आफन्तजनको सम्बन्धित स्थलमा भीड लागेको समाचारमा जनाइएको छ ।
मुसलमानहरुको महान पर्व रमजानको महिनामा नै भएको यस भीषण आक्रमणको विश्वका कैयौ नेता र विश्व समूदायले कडा निन्दा गरेको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?