काबुल १८ जेठ । अफगानिस्तानको राजधानी काबुलमा बुधबार भएको भीषण ट्रकबम आक्रमणको कारण काबुल बिहीबार अत्यन्त भयभीत भएको छ ।
सन् २००१ यता भएका कैयाँै भयानक आक्रमणभन्दा पनि भीषण रुपबाट भएको यस आक्रमणको कारण बिहीबार काबुल भयभीत भएको बताइएको छ ।
स्थानीय बासिन्दाहरु आफ्ना आफन्तको शवको अन्तिम संस्कारमा लागेका छन् भने सर्वसाधारण जनताको सुरक्षाका लागि सरकार असफल भएको अवस्था देखिएको छ ।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । कैयौँ कूटनीतिक प्रतिनिधिको कार्यालय भएको जानबाक स्क्वायरमा बुधबार बिहान ८ः२५ मा भएको यस ट्रक बम आक्रमणमा परी कम्तीमा ९० जनाको मृत्यु भएको थियो ।
यस आक्रमणमा परी विदेशीलयगात सयौँको सङ्ख्यामा सर्वसाधारण घाइते भएका थिए । ‘हाम्रो देशमा कतिजेल यो रक्तपात सहिरहनु पर्ने हो’ एक स्नाथीयबासीले स्थानीय समाचार च्यानल टोलोलाई साधेका छन् ।
‘मैले यस विस्फोटमा आफ्ना भाइलाई गुमाएको छु, सरकार लगाताररुपमा सर्वसाधारणको सुरक्षा गर्न असफल भएको छ’, उनले भनेका थिए ।
यस आक्रमणमा घाइते भएका चार सयभन्दा बढीलाई उपचारार्थ अस्पताल भर्ना गरिएको र आफ्ना आफन्तको स्वास्थ्यस्थिति बुझ्नको लागि अस्पताल परिसरमा सर्वसाधारणको लाम लागेको छ । यस आक्रमणमा परी बेपत्ता भएका आफ्ना आफन्तको खोजी कार्य के भएको छ सो समाचारको लागि पनि आफन्तजनको सम्बन्धित स्थलमा भीड लागेको समाचारमा जनाइएको छ ।
मुसलमानहरुको महान पर्व रमजानको महिनामा नै भएको यस भीषण आक्रमणको विश्वका कैयौ नेता र विश्व समूदायले कडा निन्दा गरेको छ ।
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]