सिङ्गापुरमा राष्ट्रपतिका लागि उम्मेदबारी खुल्ला

सिङ्गापुर, जेठ १७ । सिङ्गापुरमा नयाँ राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदबारी दिन चाहनेका लागि बिहीबारदेखि उम्मेदबारी दर्ता खुल्ला गरिएको छ ।

वर्तमान राष्ट्रपति टोनी टान केङ यामको कार्यकाल यही अगस्ट ३१ मा सकिने भएकाले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो ।

उहाँको कार्यकाल सकिएपछि सेप्टेम्बर १ देखि नयाँ राष्ट्रपतिले कार्यभार नसम्हाल्दासम्म कामचलाउ राष्ट्रपतिले जिम्मेबारी बहन गर्ने कानुनी व्यवस्था छ ।

गत नोभेम्बरमा गरिएको संविधान संशोधनअनुसार सिङ्गापुरको राष्ट्रपतिका लागि मलाय उम्मेदबारहरुले पनि उम्मेदबारी दिन पाउने छन् । तर उनीहरुले मलाय समुदायको प्रमाणित प्रतिलिपिका लागि ‘समुदाय समिति’मा निवेदन पेस गर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको छ ।

सिङ्गापुरको पहिलो राष्ट्रपतिको रुपमा सन् १९९१ मा वि किम वि निर्वाचित हुनु भएको थियो । त्यही बेलादेखि नै सिङ्गापुरमा चिनियाँ र भारतीय समुदायका उम्मेदबारहरु राष्ट्रपतिमा निर्वाचित हुँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री