काबुल, १७ जेठ । अफगानिस्तानको राजधानी काबुलमा राजदूतावास, महत्वपूर्ण सरकारी कार्यालय र कूटनीतिज्ञ व्यक्तित्वको आवासस्थानसहित लक्षित बुधबार गरिएको एक भीषण आत्मघाती ट्रकबम विस्फोट परी कम्तीमा ८० जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जानकारी दिएको छ ।
स्थानीय समयाअनुसार ८ः३० बजे बुधबार बिहान जान्बाक स्क्वायरस्थित भएको यस आक्रमणमा परी महिला र बालबालिकासहित सयौं सर्वसाधारण घाइते भएका छन् ।
भारत, जर्मनी, अमेरिका र क्यानाडालगायतको राजदूतावास अवस्थित रहेको बजीर अक्बार खान इलाकमा भएको यस ट्रकबम आक्रमणमा परी कम्ती ८० व्यक्तिको मृत्यु हुनको साथै अन्य ३५० भन्दा बढी घाइते भएका छन् ।
विस्फोट गराइएको यस इलाकामा धुँवाको मुस्लो र कैयाँै शवको थुप्रो लागेको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएको छ । बिहानको व्यस्त समयमा भएको आत्मघाती बम आक्रमण राजदूतावास र महत्वपूर्ण सरकारी कार्यालयलगायत कूटनीतिज्ञ व्यक्तित्वको आवासस्थानसमेत रहेको इलाकामा भएको छ ।
यस विस्फोटको कुनै पनि समूहले जिम्मेवारी भने लिएका छैनन् र तत्काल विस्फोट के कति कारणले गराइएको हो सो पनि प्रष्ट भएको छैन् ।
बसन्त ऋतुमा भीषण आक्रमण गर्ने भन्ने घोषणा गरेर बसेका र सो घोषणाको मध्य अवस्थामा रहेका तालिवान आतङ्ककारी समूहले ट्वीटरमार्फत यस आाक्रमणमा आफ्नो समूहको सहभागीता नभएको र यस आक्रमणको घोर निन्दासमेत गर्दै आफूहरु पन्छिएका छन् ।
भीषण आक्रमणमा परी ठूलो सङ्ख्यामा सर्वसाधारणको मृत्यु भएपछि विरलै मात्र आतङ्ककारी समूहले जिम्मा लिने गरेका छन् ।
यस्ता आक्रमण तालिवान र इस्लामिस्ट स्टेट्स (आइएस) समूहले गराउँदै आएको हुनाले यस आक्रमणमा पनि उनीहरुका हात रहेको अनुमान भने प्रहरीको छ ।
‘दुर्भाग्यबस यस विस्फोटमा मारिने व्यक्तिको सङ्ख्या ८० पुगेको कैयाँै महिला र बालबालिकासित ३०० सयभन्दा बढी घाइते भएका छन्’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरोहले जानकारी दिएका छन् ।
कैयाँै घाइतेको अवस्था चिन्ताजनक भएको र भग्नावशेषमा रहेका शव निकाल्न बाँकी रहेका हुनाले मृतक सङ्ख्या लगातार बढ्नेसमेत सरकारी अधिकारीको अनुमान गरेका छन् ।
यस विस्फोटको कारण दर्जनाँैको सङ्ख्या सवारी साधन ध्वस्त र क्षतिग्रस्त भएको समाचार उल्लेख गरिएको छ । आफगान स्वास्थ्य मन्त्रालयले काबूलका बासिन्दालाई घाइतेको उपचारको लागि रक्तदानको लागि आह्वान गरेको छ ।
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]