लण्डन । इलाम समाज बेलायतको चौथो अधिवेशनले गोपाल गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रमिला लाबुङ राई र कृष्ण देवान, महासचिव टेक लोक्ताम, सहसचिव रश्मी पराजुली कटुवाल, कोषाध्यक्ष टेकबीर राई, सह-कोषाध्यक्ष उमाकान्त गुरुङ, प्रमुख संयोजक शंकर राई, खेलकुद संयोजक ईन्द्रबहादुर राई, खेलकुद सह-संयोजक लीला गुरुङ, कला साहित्य संयोजक चोक गुरुङ, पब्लिक रिलेशन एवं मिडिया सुमित्रा राई र वेब ब्यवस्थापक मुकेश राई चयन भएका छन् ।
इलाम समाजका करिब १४० सदस्य उपस्थित उक्त कार्यक्रम १२ बजे शुरु भएको थियो । पहिलो चरणमा नवौँ साधारणसभा गरिएको थियो जसमा पूर्व कार्यसमितिले गरेका विभिन्न कार्यमाथि छलफल गरिएको थियो । यसै क्रममा महासचिव मुकेश राईले वार्षिक प्रतिवेदन पेश गरेका थिए । कोषाध्यक्ष कृष्ण देवानले आर्थिक प्रतिवेदन तथा अध्यक्ष कमल राईले अन्य विषयमा बोल्दै कार्यसमिति सफल रहेको र यस पछाडि सम्पूर्ण कार्यसमिति र संस्थाका सदस्यहरुको सदभावपूर्ण सहयोगप्रति आभार ब्यक्त गरेका थिए । आगामी दिनमा नव कार्यसमितिले अझ सशक्त ढंगले संस्थालाई अगाडि बढाउनेमा आफू विस्वस्त रहेको राईले अभिब्यक्ति दिएका थिए । त्यसपछि उक्त साधारण सभा समापनसंगै कार्यसमिति खारेज गर्दै निर्वाचन संयोजक रमेश गुरुङलाई निर्वाचनका निम्ति अधिकार दिइएको थियो ।
रमेश गुरुङको संयोजकत्वमा रहेको निर्वाचन टिमले अध्यक्ष पदका निम्ति दुई उम्मेद्वार दावेदार रहेपछि चुनाव गर्नु परेको थियो । जसमा गोपाल गिरीले आफ्ना प्रतिद्वन्दी कृष्णबीर तामाङलाई बहुमतले पराजित गर्दै अध्यक्ष पद जिते भने अन्य पदमा निर्विरोध निर्वाचित भएको निर्वाचन प्रमुख संयोजकले घोषणा गरेका थिए । निर्वाचन संयोजक रमेश गुरुङले नव गठित कार्यसमितिको घोषणापश्चात हार्दिक बधाई एव सफल कार्यकालको शुभकामना दिए । त्यसपश्चात संस्थाका सल्लाहकार कमल राईले नव निर्वाचित कार्यसमितिका अध्यक्ष एव सम्पूर्ण पदाधिकारीहरुलाई खादा ओडाई सम्मान र बधाई दिएका थिए ।
नवनियुक्त अध्यक्ष गिरीले आगामी दिनमा संस्थाका निम्ति अझ सशक्त ढंगले काम गर्ने प्रतिवद्धता जाहेर गर्दै बेलायतका विभिन्न स्थानमा छरिएर रहेका सम्पूर्ण इलामेहरुलाई एकवद्ध गर्ने बताए । आफूले संस्थाको कार्यसमितिमा लामो समयदेखि अन्य पदमा रहेर काम गरेको र पूर्व कार्यसमितिमा उपाध्यक्ष पदमा रहेर काम गर्दा महसुस गरेको कमी कमजोरीहरुलाई हटाएर आफ्नो अनुभव सवल रुपले प्रस्तुत गर्ने जनाए । साथै उनले पूर्व कार्यसमितिले संस्थाको हकहितको निम्ति बनाएको रणनीति र कार्ययोजनाहरुलाई अझै परिमार्जित् गर्दै पूरा गर्ने र निर्माणाधिन ‘डकुमेन्ट्री’ प्रोजेक्ट सफलतापूर्वक पूरा गरी इलामको पहिचानको रुपमा सार्वजनिक गर्ने प्रतिवद्धता पनि जाहेर गरे ।
समाजको नवौ साधारण सभा र चौथो अधिवेशन भब्य-सभ्य रुपमा करिव साँझ ८ बजे समापन भएको आयोजकले बताएका छन् ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त