लण्डन । इलाम समाज बेलायतको चौथो अधिवेशनले गोपाल गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रमिला लाबुङ राई र कृष्ण देवान, महासचिव टेक लोक्ताम, सहसचिव रश्मी पराजुली कटुवाल, कोषाध्यक्ष टेकबीर राई, सह-कोषाध्यक्ष उमाकान्त गुरुङ, प्रमुख संयोजक शंकर राई, खेलकुद संयोजक ईन्द्रबहादुर राई, खेलकुद सह-संयोजक लीला गुरुङ, कला साहित्य संयोजक चोक गुरुङ, पब्लिक रिलेशन एवं मिडिया सुमित्रा राई र वेब ब्यवस्थापक मुकेश राई चयन भएका छन् ।
इलाम समाजका करिब १४० सदस्य उपस्थित उक्त कार्यक्रम १२ बजे शुरु भएको थियो । पहिलो चरणमा नवौँ साधारणसभा गरिएको थियो जसमा पूर्व कार्यसमितिले गरेका विभिन्न कार्यमाथि छलफल गरिएको थियो । यसै क्रममा महासचिव मुकेश राईले वार्षिक प्रतिवेदन पेश गरेका थिए । कोषाध्यक्ष कृष्ण देवानले आर्थिक प्रतिवेदन तथा अध्यक्ष कमल राईले अन्य विषयमा बोल्दै कार्यसमिति सफल रहेको र यस पछाडि सम्पूर्ण कार्यसमिति र संस्थाका सदस्यहरुको सदभावपूर्ण सहयोगप्रति आभार ब्यक्त गरेका थिए । आगामी दिनमा नव कार्यसमितिले अझ सशक्त ढंगले संस्थालाई अगाडि बढाउनेमा आफू विस्वस्त रहेको राईले अभिब्यक्ति दिएका थिए । त्यसपछि उक्त साधारण सभा समापनसंगै कार्यसमिति खारेज गर्दै निर्वाचन संयोजक रमेश गुरुङलाई निर्वाचनका निम्ति अधिकार दिइएको थियो ।
रमेश गुरुङको संयोजकत्वमा रहेको निर्वाचन टिमले अध्यक्ष पदका निम्ति दुई उम्मेद्वार दावेदार रहेपछि चुनाव गर्नु परेको थियो । जसमा गोपाल गिरीले आफ्ना प्रतिद्वन्दी कृष्णबीर तामाङलाई बहुमतले पराजित गर्दै अध्यक्ष पद जिते भने अन्य पदमा निर्विरोध निर्वाचित भएको निर्वाचन प्रमुख संयोजकले घोषणा गरेका थिए । निर्वाचन संयोजक रमेश गुरुङले नव गठित कार्यसमितिको घोषणापश्चात हार्दिक बधाई एव सफल कार्यकालको शुभकामना दिए । त्यसपश्चात संस्थाका सल्लाहकार कमल राईले नव निर्वाचित कार्यसमितिका अध्यक्ष एव सम्पूर्ण पदाधिकारीहरुलाई खादा ओडाई सम्मान र बधाई दिएका थिए ।
नवनियुक्त अध्यक्ष गिरीले आगामी दिनमा संस्थाका निम्ति अझ सशक्त ढंगले काम गर्ने प्रतिवद्धता जाहेर गर्दै बेलायतका विभिन्न स्थानमा छरिएर रहेका सम्पूर्ण इलामेहरुलाई एकवद्ध गर्ने बताए । आफूले संस्थाको कार्यसमितिमा लामो समयदेखि अन्य पदमा रहेर काम गरेको र पूर्व कार्यसमितिमा उपाध्यक्ष पदमा रहेर काम गर्दा महसुस गरेको कमी कमजोरीहरुलाई हटाएर आफ्नो अनुभव सवल रुपले प्रस्तुत गर्ने जनाए । साथै उनले पूर्व कार्यसमितिले संस्थाको हकहितको निम्ति बनाएको रणनीति र कार्ययोजनाहरुलाई अझै परिमार्जित् गर्दै पूरा गर्ने र निर्माणाधिन ‘डकुमेन्ट्री’ प्रोजेक्ट सफलतापूर्वक पूरा गरी इलामको पहिचानको रुपमा सार्वजनिक गर्ने प्रतिवद्धता पनि जाहेर गरे ।
समाजको नवौ साधारण सभा र चौथो अधिवेशन भब्य-सभ्य रुपमा करिव साँझ ८ बजे समापन भएको आयोजकले बताएका छन् ।
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने