लन्डन । प्राकृतिक विपत्तिमा सहयोग होस् वा समाज निर्माण । आफूले ग्रहण गरेको सिप होस् वा ज्ञान हस्तान्तरण । आपत परेका नेपालीलाई सघाउने देखि आर्थिक समृद्धिमा इंटा थप्ने कार्यमा गैर आवासीय नेपालीको योगदान कहिल्यै कमी भएन । यसै सिलसिलामा बेलायतवासी नेपाली यतिखेर एउटा पवित्र कार्यमा जुटेका छन्, त्यो हो बुद्ध वृद्धाश्रम निर्माण ।
कपिलवस्तु बाणगंगा नगरपालिकास्थित नन्दनगरमा १४ बेड रुमको वृद्धाश्रम निर्माणका लागि आर्थिक सहयोग जुटाउन बेलायतवासी नेपालीले आगामी साता एक च्यारिटी डिनर गर्ने भएका छन् ।
बुद्ध फाउण्डेशन यूके र कपिलवस्तु समाज यूकेको संयुक्त आयोजना एवं एनआरएनए यूकेको पूर्ण सहयोगमा आगामी ४ जुन आइतबार प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा विशेष च्यारिटी डिनर गर्न लागिएको हो ।
बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठले उक्त बृद्धाश्रम निर्माणका लागि च्यारिटी डिनर हुनु अगावै हालसम्म २३ हजार १०३ पाउण्ड २४ पेन्सको सहयोग प्रतिवद्धता आइसकेको जनाए । नेपालबाट समेत यस पूण्य कार्यमा सहयोग प्रतिवद्धता आइरहेको र बेलायतबाट समेत प्रतिवद्धता आउने क्रम जारी रहेको श्रेष्ठले बताए । उनले बेलायतवासी समस्त नेपालीमा स्वतस्फूर्त आर्थिक सहयोग गरिदिन अपिल समेत गरेका छन् । भवनको कोठा स्पोन्सर गरिदिनेको नाममा नै कोठा नामाकरण गरिने तथा ५० हजार रुपैयां भन्दा माथि सहयोग गर्नेहरुको शिलालेखमा नाम लेखिने श्रेष्ठले बताए ।
उक्त बृद्धाश्रम निर्माणको अनुमानित लागत ७० लाख रुपैयां छ । तर, २० रोपनी जग्गा भने कैलाश आश्रम तथा मनकामना दुर्गा मन्दिर धार्मिक वनले निशुल्क उपलब्ध गराउने सम्झौता गरिसकेको छ ।
४ जुनको च्यारिटी कार्यक्रम तयारी तीव्र भइरहेको आयोजकले जनाएका छन् । कार्यक्रमका लागि जीवन सेन, हिराधन राई र महेन्द्र विक्रम कुंवर संयोजक छन् । संयोजकमध्ये एकजना जीवन सेनले कार्यक्रममा सांस्कृतिक प्रस्तुति, रात्री भोज र अन्य आकर्षक प्याकेज रहने जनाए । उनले ५ देखि १२ वर्ष सम्मका बालबालिकालाई जम्मा दश पाउण्ड टिकट मुल्य पर्ने र उक्त टिकट गेटमा नै उपलव्ध हुने बताए । अन्य व्यक्तिलाई भने प्रवेश शुल्क २५ पाउण्ड छ । एकसय पाउण्ड स्पोन्सर गर्नेलाई एउटा टिकट फ्रि, २०० देखि ५०० पाउण्डसम्म स्पोन्सर गर्नेलाई दुईवटा टिकट फ्रि र ५ सय पाउण्ड देखि माथि स्पोन्सर गर्नेलाई तीनवटा टिकट फ्रि हुने सेनले जानकारी दिए ।
बृद्धाश्रम निर्माणमा थोरै भएपनि आर्थिक सहयोग वृद्धवृद्धाप्रतिको एउटा सम्मान र साथ हुने आयोजकको ठम्याइ छ । ‘उमेर ढल्कंदै गएपछि घर परिवार र समाजले समेत हेला गर्ने हाम्रो सामाजिक विडम्बनाबीच विदेश बस्ने सभ्य नेपालीले वृद्धवृद्धाको जीवनयापन सुखमय बनाउने अभियान हो यो’, बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठले भने, ‘धर्म गर्न मन्दिर गइरहन आवश्यक छैन् । पाका बाबा आमाको मुहारमा खुशी ल्याउने काम गर्नुस्, त्यो नै ठूलो धर्म हुन्छ ।’
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग