लन्डन । गायिका मेलिना राई र गायक रेवत राई दोश्रो पटक सांगीतिक भ्रमणमा बेलायत आउंदा दंग छन् । दर्शकहरुबाट पाएको अथाह मायाले उनीहरु थप उत्साहित भए यसपटक ।
शुक्रबार सांझ लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा उनीहरुले दोश्रो प्रस्तुति दिंदा हल खचाखच थियो, तस्विर लिन दर्शकहरु तंछाडमछाड गरिरहे । नाचेर रमाउनेको कमी भएन । शिरैमा शिरबन्दी…, कम्मरमाथि पटुकी…लगायत चर्चित गीतकी गायिका मेलिनाको स्वर जति सुमधुर थियो, हाउभाउ पनि उस्तै । युवा पुस्तामाझ लोकप्रिय हुंदै गएका रेवत राईको प्रस्तुति पनि आकर्षक रहयो ।
इमिडिया हब लि. यूकेले कलाकारलाई कार्यक्रम गर्न निम्त्याएको हो । ‘एभरेष्ट म्यूजिकल ब्लास्ट’ नाम दिइएको उक्त सांगीतिक कार्यक्रममा नेपालबाट आएका ति दुई कलाकारले झण्डै अढाइ घण्टा कयौं गीत प्रस्तुत गरे ।
लेक्स लिम्बु र निया देवानले सञ्चालन गरेको उक्त कार्यक्रममा अर्को आकर्षण थिइन् यूके डान्स अफ २०१६ जेनी सुनुवार । उनको हट नृत्यले दर्शक उत्तेजित नबन्ने कुरै भएन । मिरा फगामीले पनि नाच देखाइन् । स्थानीय कलाकारहरु किशोर पुन, दीपक राई, सोनाहाङ राईले पनि गाए । सोनाहाङ बेलायतमा हुन लागेको ‘एभरेष्ट आइडल’ का प्रतिष्पर्धी हुन् ।
कार्यक्रममा इमिडिया हब लि. यूकेका सिइओ इश्वर चाम्लिङ, किसन राई लगायतले स्वागत मन्तव्य दिएका थिए ।
इन्जिनियर हेम विष्टको साउण्ड सिस्टम थियो ।
कार्यक्रम हेर्न यती नेपाली एसोसिएसन यूके पूर्व अध्यक्ष उमेशराज मोक्तान दम्पति, गोर्खा अभियन्ता सूर्य नेम्वाङ, व्यवसायी देव गुरुङ, लन्डन नेपाल न्यूजका प्रवन्ध निर्देशक राजकुमार त्रिपाठी लगायत सञ्चारकर्मी र सयौं दर्शकको सहभागिता थियो ।
एभरेष्ट म्युजिकल ब्लास्टको पहिलो संस्करण गत शनिबार अल्डरसटमा भएको थियो । बेलायतका विभिन्न शहरमा हुने उक्त सांगीतिक कार्यक्रम आज शनिबार सांझ हकिन्ज कम्युनिटी सेन्टर, केन्टमा हुंदैछ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान