डा. कैनीको चुनाव प्रचार प्रसार अभियान तीव्र, सहभागिताका लागि अपिल

लन्डन । आगामी जुन ८ का दिन बेलायतमा हुन गइरहेको संसदीय निर्वाचनमा लेबर पार्टीको तर्फबाट उम्मेदवार भएका नेपाली समुदायका डा. बच्चु कैलाश कैनी अहिले चुनाव प्रचारमा ब्यस्त भएका छन् । गत हप्ता देखि चुनावी प्रचार प्रसार सुरु भएको हो । चुनावी प्रचारको क्रममा डार्टफोर्ड निर्वाचन क्षेत्रमा करिव ४२ हजार घरधुरीमा रहेका करिब ८० हजार मतदाता समक्ष प्रचार सामाग्री ‘लिफलेट’ तयार पारिएको कैनीले बताए ।
चुनाव अघि नै सबै मतदाताको घरमा प्रचार सामाग्री पुर्याउनको लागि थोरै समय भएकोले सबै नेपाली समुदायको सहभागिताको लागि उनले अपिल गरेका छन् । डार्टफोर्ड निर्वाचन क्षेत्रमा निश्चित क्षेत्रहरु पहिचान गरी घरदैलोमा नै जान थालिएको छ । जस अनुसार अहिले सम्म सयौ जना लेबर पार्टीको सदस्य, पदाधिकारी र स्वयम्सेबक सहभागी भए । लेबर पार्टीका सदस्यहरुलाई फोनबाट सम्पर्क गरी सहयोगको लागि अनुरोध गरिएको कैनीले बताए । स्थानिय मतदाताहरुलाई पनि फोनबाट सम्पर्क गर्ने कार्यक्रम छ । यो कार्यक्रम चुनावको दिनसम्म निरन्तर गरिने कैनीले बताए । त्यसै गरी चुनाव प्रचार गर्नको लागि रेलवे स्टेसन, अस्पताल, पार्क, बिद्यालय, क्लब आदिको भ्रमण गरी मतदातासंग अन्तरक्रिया पनि गर्ने कार्यक्रम छ ।
सबै नेपाली समुदायको सहभागितामा मे २७ र २८ तारिख र जुन ३ र ४ तारिखको दिन लिफलेट बाँड्ने काम गरिनेछ । चुनावको दिन जुन ८ का दिन उल्लेख्य स्वयंसेवक र पार्टी सदस्यहरुलाई सहभागी गराई हरेक मतदातालाई भोट हाल्न अनुरोध गरिने बताउंदै डा. कैनीले सम्पूर्ण नेपाली समुदायहरुलाई निम्न मिति, स्थान र समयमा उपस्थित भई सहयोग गर्न अपिल गरेका छन् ।
Date: 27 & 28 May and 3 & 4 June 2017
Time: 11 am
Venue: 99 Kent Road, Dartford, DA1 2AJ
साथै, निर्वाचनका दिन ८ जुनमा पनि सयौ स्वम्सेवकहरुको आवस्यकता पर्ने हुनाले उनले बेलायत बस्ने सम्पूर्ण नेपाली समुदायलाई उक्त दिन डार्टफोर्डमा उपस्थित भई सहयोग गर्न पनि अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री