लण्डन । यस वर्षको गोर्खा कपमा फरक स्वाद दिने कोसिस आयोजकले गरेका छन् । यही आइतबार (२८ मे) अल्डरसटको क्वीन्स आभेन्यूमा हुने गोर्खा कपमा इंग्ल्यान्डका पूर्व राष्ट्रिय खेलाडी लेडली किङ र नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक राजु शाक्य सहभागी हुने आयोजक तमूधिं युकेले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
यसैगरी यसवर्षको गोर्खा कपमा इंग्ल्यान्डको प्रिमियर लिगको उपविजेता क्लव टोट्टनहामले स्टल तथा खेल अभ्यास गर्नेछन् । यस्तै, गोर्खा कपमा भाग लिन हङकङ र बेल्जियमबाट पनि आउँदैछन् ।
मूल विधामा ३२ र ४० वर्ष माथिको भेट्रान्समा ८ टोली भिड्दै छन् । भेट्रान्समा दुईपटक लगातार विजेता बनेको केन्ट एफसीले शिल्ड पचाउन नेपालबाट प्रशिक्षक राजु शाक्यलाई झिकाएको छ ।
मूल विधाको विजेता टोलीले २००० पाउन्ड, उपविजेताले १००० पाउन्ड, भेट्रान्सतर्फ विजेताले १००० पाउन्ड र उपविजेताले ७००पाउन्ड पाउनेछन् ।
सो इभेन्टमा करिब १० हजारले सहभागिता जनाउने अपेक्षा आयोजकको छ ।
फुटबलबाहेक त्यहाँ ५२ अन्य स्टल पनि रहनेछन् ।
सो इभेन्ट सन्चालनका लागि ३८ देखि ४० हजार पाउन्ड खर्च लाग्ने कोषाध्यक्ष दीपक गुरूङले बताए ।
पत्रकार सम्मेलनमा गोर्खा कपका सिइओ क्याप्टेन पीताम्बर गुरूङले कपको तयारीबारे र कुमार गुरूङले टीम ड्रबारे जानकारी दिए । उपाध्यक्ष नन्दजंग गुरूङले स्वागत गरेको र अध्यक्ष ज्ञाम गुरूङले अध्यक्षता गरेको सो कार्यक्रममा मेजर लक्षिनप्रसाद गुरूङ र हरि गोविन्द गुरूङलाई सम्मान गरिएको थियो ।
कार्यक्रम महासचिव कृष्ण गुरूङले चलाएका थिए ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]