
लन्डन । पासा पुच गुठी यूके साउथ इष्ट लन्डनले यूकेमा पहिलो पटक परम्परागत नेवारी भोज आयोजना गरेको छ । मुलग्रेभ स्कुल हल, उलवीचमा आइतबार परम्परागत नेवारी झो भ्वयमा ३२ परिकार र घरेलु आयला र थो समावेश गरिएको आयोजक पासा पुच गुठी साउथ इष्ट लन्डन यूकेका अध्यक्ष सुशील प्रजापतिले जनाए ।
भोजमा १२५ जना सहभागी थिए । धिमे बाजा प्रस्तुतिसंगै सहभागी चटामरी, समे बजी, बारा, छोयला, साग, सांधेको आलु, मुला चना, पंग क्वा, मिं क्वा, हांसको मासु आदि परिकार र घरमा बनाइएको नेवारी रक्सीमा रमाएका थिए ।
नेवारी संस्कृति र परम्परा जगेर्नाका लागि कार्यक्रम गरिएको आयोजकको भनाइ छ । उक्त अवसरमा विभिन्न नेवारी सांस्कृतिक प्रस्तुति समेत समावेश थियो ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने महासचिव नगेन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, अमर मल्ल, सुमन मल्ल, सत्यप्रसाद लगायतलाई अध्यक्ष सुशील प्रजापतिले धन्यवाद दिएका थिए ।
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो