
लन्डन । पासा पुच गुठी यूके साउथ इष्ट लन्डनले यूकेमा पहिलो पटक परम्परागत नेवारी भोज आयोजना गरेको छ । मुलग्रेभ स्कुल हल, उलवीचमा आइतबार परम्परागत नेवारी झो भ्वयमा ३२ परिकार र घरेलु आयला र थो समावेश गरिएको आयोजक पासा पुच गुठी साउथ इष्ट लन्डन यूकेका अध्यक्ष सुशील प्रजापतिले जनाए ।
भोजमा १२५ जना सहभागी थिए । धिमे बाजा प्रस्तुतिसंगै सहभागी चटामरी, समे बजी, बारा, छोयला, साग, सांधेको आलु, मुला चना, पंग क्वा, मिं क्वा, हांसको मासु आदि परिकार र घरमा बनाइएको नेवारी रक्सीमा रमाएका थिए ।
नेवारी संस्कृति र परम्परा जगेर्नाका लागि कार्यक्रम गरिएको आयोजकको भनाइ छ । उक्त अवसरमा विभिन्न नेवारी सांस्कृतिक प्रस्तुति समेत समावेश थियो ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने महासचिव नगेन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, अमर मल्ल, सुमन मल्ल, सत्यप्रसाद लगायतलाई अध्यक्ष सुशील प्रजापतिले धन्यवाद दिएका थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान