
लन्डन । बेक्स्ली नेपाली समाजको वार्षिक भेला मे २१ का दिन फाल्कोनउड कम्युनिटी सेन्टरमा सम्पन्न भएको छ । भेलामा विभिन्न सांस्कृतिक प्रस्तुति, कविता वाचन, बेक्स्ली बरोमा बसाइ सरेर आएका नवआगन्तुक २७ परिवारलाई स्वागत र उक्त बरो बाट यस वर्ष ग्रयाजुएट भएका ५ जना र ११ पास ३ जना विद्यार्थीलाई सम्मान गरियो ।
कार्यक्रमको प्रमुख अतिथी मन्त्री जेम्स ब्रोकनसायर थिए भने अतिथीहरुमा काउन्सिलका तर्फबाट डेपुटी मेयर भाल क्लार्क, काउन्सिलर नाइजेल बेट र रक्षा मन्त्रालय अन्तर्गतको कोभेनन्ट फन्डका प्रतिनिधि एलेक्स पेज, मेजर आन्ड्रयू चर्च र डार्टफोर्ड नेपाली समाजबाट राजेश पाठकको उपस्थिति थियो । पाहुनाको स्वागत सल्लाहकार विजय गुरुङ, रोशन गुरुङ र हरिहर उपाध्यायले गरेका थिए ।
कार्यक्रम समाजका अध्यक्ष केशबहादुर गुरुङको अध्यक्षतामा भएको थियो भने कार्यक्रम उद्घाटन मन्त्री जेम्स, डेपुटी मेयर भाल क्लार्क र अध्यक्ष गुरुङले गरेका थिए । उक्त कार्यक्रममा ‘हेल्थ एन्ड सेफ्टी’ बारे जनक पोखरेल र तथ्यांक संकलनबारे हरिश ज्ञवालीले प्रकाश पारे । फस्ट एड स्वयंसेविकाको भूमिका श्रीमति विमला शर्माले निर्वाह गरेकी थिइन् ।
केशव रुपखेतीको कविता वाचन, प्रान्सु ढुंगाना, पूर्णबहादुर गुरुङ र सुश्री प्राप्ति ढुंगानाको नाचबाट सुरु भएको कार्यक्रममा श्रीमति सुष्मा ढुंगाना, श्रीमति उमा गुरुङ, शिवराम गुरुङ, सुश्री एलिसा श्रेष्ठ र खस क्षेत्री समाजका कलाकारहरुले आकर्षक नाच प्रस्तुत गरेका थिए ।
सो अवसरमा मन्तब्य व्यक्त गर्दै मन्त्रीले नेपालीहरुको यस्तो कार्यक्रममा पहिलो पटक सहभागी हुन पाउंदा आफूलाई भाग्यमानी ठानेको बताउंदै नेपालीहरु संगठित हुंदा खुशी लागेको बताए । डेपुटी मेयर भाल क्लार्कले आफ्नो बरोमा नेपाली गोर्खा समुदाय विस्तार भएकामा खुशी प्रकट गरे । त्यस्तै काउन्सिलर नाइजेल बेटले कार्यक्रममा सहभागी हुन पाउंदा खुशी लागेको बताए ।
सभापति केशबहादुर गुरुङले पाहुना लगायत सहभागी सबैलाई धन्यवाद दिंदै कार्यक्रमबाट नेपालीबीच घनिष्टता बढ्नु का साथै काउन्सिलसंग र विभिन्न दातृ निकायसंग सम्बन्ध बढेको बताए ।
कार्यक्रममा बिजिता गौतमले राफल सञ्चालन गरेकी थिइन् । संस्थाका महासचिव आनन्द धरेलले भोजन संयोजक भोजबहादुर गुरुङ, पेय पदार्थ संयोजक कमल गुरुङ, टिकट संयोजक कोषाध्यक्ष चन्द्रबीर गुरुङ, मञ्च सहयोगी सुश्री देविका गुरुङ, तथ्यांक संकलन सहयोगी बिराज गुरुङ, जुपिटर गुरुङ, मिडिया संयोजक गुण देव घिमिरे, डिजे कुमार जी र अन्य स्वयंसेवक टंक गुरुङ र गोविन्द गुरुङका साथै सबैप्रति आभार व्यक्त गरे ।
सो अवसरमा नेपाली मुलका सांसद उम्मेदवार डा. बच्चु कैलाश कैनीलाई सहयोग गर्नेबारे पनि छलफल भएको थियो ।
उक्त कार्यक्रम संस्थाका महासचिव आनन्द धरेल र युवा सदस्य सुश्री निबेदिता गौतमले गरेका थिए भने सांस्कृतिक कार्यक्रम सञ्चालन उपाध्यक्ष शिवराम गुरुङले गरेका थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान