लन्डन । लन्डन वेम्लीस्थित एसएसइ एरिना विश्वप्रसिद्ध स्थल मानिन्छ कन्सर्टका लागि । महंगो त छंदैछ, कम्पनीको प्रोफाइल हेरेरमात्र कार्यक्रम आयोजना गर्न सम्भव हुने उक्त भेन्यू नेपालीले फेरि रोजेका छन् । बी फेस्ट र पर्चा प्रोडक्सनले आगामी १७ जुनमा ‘जुन फेस्टिभल’ नाम दिएर कन्सर्ट गर्न लागेका हुन् ।
सन् २०१३ मा पर्चा प्रोडक्सनले नै वेम्ली एरिनामा पहिलोपटक नेपथ्य ब्याण्ड ल्याएर कन्सर्ट गरेपनि यसपटक चारवटा ब्याण्डको उपस्थितिमा अझ वृहत कार्यक्रम गर्न लागिएको आयोजकले जनाएका छन् ।
झण्डै चारवर्षपछि उही स्थलमा हुन लागेको कन्सर्टमा युवा मनका ढुकढुकी गायक बिपुल क्षेत्री (ट्राभलिङ ब्याण्ड) सहित अल्बाट्रोस, कुटुम्ब एवं एज ब्याण्डले एकैपटक गीत संगीत प्रस्तुत गर्ने शनिबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिए । कन्सर्टका लागि २५ सदस्यीय टोली आगामी १४ जुनमा लन्डन आइपुग्ने पर्चा प्रोडक्सनका सिइओ समिर गुरुङले जनाए । साढे १२ हजार दर्शक क्षमताको उक्त भेन्यूमा कम्तीमा दश हजार दर्शक उतार्ने अठोट आयोजकको छ । ‘कार्यक्रम गर्न एकदम चुनौतिपूर्ण छ’, समिरले भने, ‘तर हामीलाई दर्शक र नेपाली समुदायबाट पहिलेकै जस्तो सहयोग मिल्ने विश्वासले अगाडि बढेका छौं ।’ बसेर वा उभिएर हेर्न ३५ पाउण्ड प्रवेश शुल्क तोकिएको उक्त कन्सर्ट करिब चार घण्टा चल्नेछ । अपरान्ह ४ बजे गेट खुल्ने र ६ बजेबाट कार्यक्रम शुरु गरिने आयोजकले जनाएका छन् । असहायलाई ५० प्रतिशत छुट र १८ महिनामुनीका बालबालिकाका लागि प्रवेश शुल्क लाग्ने छैन् ।
कलाकारलाई अवसर र नेपाली गीत संगीतको अन्तर्राष्ट्रिय प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले बताएका छन् । बेलायतस्थित नेपाली समुदायलाई कार्यक्रममा सहभागी भइदिन आयोजकको आग्रह छ ।
पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट समिर गुरुङ, दीपेन्द्र लामा, सिद्धार्थ गुरुङ, कपिल गुरुङ र प्रशासन गुरुङले सञ्चारकर्मीको जिज्ञासा मेटाएका थिए ।
पछिल्लो पटक नेपाली गीत संगीतले अन्तर्राष्ट्रिय प्लेटफर्म पाउंदै गएको छ । भूकम्प लगत्तै नेपालीले पीडितको सहयोगार्थ लन्डनस्थित रोयल अल्बर्ट हलमा पहिलो पटक सांगीतिक कार्यक्रम गरेका थिए, जुन भेन्यू पाउन वर्षौं कुर्नुपर्छ ।
नेपालको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकामा अमेरिकाले गर्यो स्वागत
गोरखा राज्यमा धार्मिक सम्पदाहरुको संरक्षण (सन् १७९०—१८१६)
प्रतिनिधिसभाको निर्वाचनका निम्ति सहयोग गर्न नेपालका राष्ट्रपति पौडेलको अपिल
बेलायतले भन्यो – ‘नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम’
नेपालमा प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते बिहीबार [राष्ट्रपतिको विज्ञप्तिसहित]
नेपालमा सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध ‘जेन–जी’को सडक आन्दोलन, काठमाडौंमा कर्फ्यु लगाइयो
भूतपूर्व गोर्खा र आदिवासी जनजातिको अधिकारका लागि संयुक्त आन्दोलन आवश्यक : माओवादी नेताहरु
‘जेनजी’को नाममा भएको आन्दोलन अराजक बनेपछि नेपालमा ठूलो जनधनको क्षति
नेपालका प्रधानमन्त्री केपी ओलीद्वारा राजीनामा
एमालेको दोस्रो विधान महाधिवेशन सम्पन्न, चार प्रतिवदेन सर्वसम्मत रुपमा पारित