लन्डन । लन्डन वेम्लीस्थित एसएसइ एरिना विश्वप्रसिद्ध स्थल मानिन्छ कन्सर्टका लागि । महंगो त छंदैछ, कम्पनीको प्रोफाइल हेरेरमात्र कार्यक्रम आयोजना गर्न सम्भव हुने उक्त भेन्यू नेपालीले फेरि रोजेका छन् । बी फेस्ट र पर्चा प्रोडक्सनले आगामी १७ जुनमा ‘जुन फेस्टिभल’ नाम दिएर कन्सर्ट गर्न लागेका हुन् ।
सन् २०१३ मा पर्चा प्रोडक्सनले नै वेम्ली एरिनामा पहिलोपटक नेपथ्य ब्याण्ड ल्याएर कन्सर्ट गरेपनि यसपटक चारवटा ब्याण्डको उपस्थितिमा अझ वृहत कार्यक्रम गर्न लागिएको आयोजकले जनाएका छन् ।
झण्डै चारवर्षपछि उही स्थलमा हुन लागेको कन्सर्टमा युवा मनका ढुकढुकी गायक बिपुल क्षेत्री (ट्राभलिङ ब्याण्ड) सहित अल्बाट्रोस, कुटुम्ब एवं एज ब्याण्डले एकैपटक गीत संगीत प्रस्तुत गर्ने शनिबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिए । कन्सर्टका लागि २५ सदस्यीय टोली आगामी १४ जुनमा लन्डन आइपुग्ने पर्चा प्रोडक्सनका सिइओ समिर गुरुङले जनाए । साढे १२ हजार दर्शक क्षमताको उक्त भेन्यूमा कम्तीमा दश हजार दर्शक उतार्ने अठोट आयोजकको छ । ‘कार्यक्रम गर्न एकदम चुनौतिपूर्ण छ’, समिरले भने, ‘तर हामीलाई दर्शक र नेपाली समुदायबाट पहिलेकै जस्तो सहयोग मिल्ने विश्वासले अगाडि बढेका छौं ।’ बसेर वा उभिएर हेर्न ३५ पाउण्ड प्रवेश शुल्क तोकिएको उक्त कन्सर्ट करिब चार घण्टा चल्नेछ । अपरान्ह ४ बजे गेट खुल्ने र ६ बजेबाट कार्यक्रम शुरु गरिने आयोजकले जनाएका छन् । असहायलाई ५० प्रतिशत छुट र १८ महिनामुनीका बालबालिकाका लागि प्रवेश शुल्क लाग्ने छैन् ।
कलाकारलाई अवसर र नेपाली गीत संगीतको अन्तर्राष्ट्रिय प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले बताएका छन् । बेलायतस्थित नेपाली समुदायलाई कार्यक्रममा सहभागी भइदिन आयोजकको आग्रह छ ।
पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट समिर गुरुङ, दीपेन्द्र लामा, सिद्धार्थ गुरुङ, कपिल गुरुङ र प्रशासन गुरुङले सञ्चारकर्मीको जिज्ञासा मेटाएका थिए ।
पछिल्लो पटक नेपाली गीत संगीतले अन्तर्राष्ट्रिय प्लेटफर्म पाउंदै गएको छ । भूकम्प लगत्तै नेपालीले पीडितको सहयोगार्थ लन्डनस्थित रोयल अल्बर्ट हलमा पहिलो पटक सांगीतिक कार्यक्रम गरेका थिए, जुन भेन्यू पाउन वर्षौं कुर्नुपर्छ ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी