रियाद, ६ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो विदेश भ्रमण साउदी अरव भएको छ । पहिलो विदेश भ्रमणका रुपमा ट्रम्प शनिबार आठ दिने भ्रमणका लागि साउदी अरव पुग्नु भएको छ ।
साउदीमा उहाँलाई भव्य स्वागत गरिएको छ भने उहाँले साउदी अरवका राजा सल्मान र राजपरिवारका अन्य सदस्यलगायतलाई भेट गर्नुहुने अपेक्षा गरिएको छ ।
गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनमा रुसको संलग्नता रहेको भन्ने आरोपका बारेमा छानविन गर्न विशेष अनुसन्धानकर्ता नियुक्त गरिए लगत्तै उहाँ साउदी अरब भ्रमणमा निस्कनु भएको हो ।
रुसको हस्तक्षेप भएको भनिएको विषयमा छानविन गर्न सङ्घीय जाँच विभागका पूर्वप्रमुख रोबर्ट मलरलाई विशेष अभियोजनकर्ताको रुपमा नियुक्त गरिएको छ । मलर सन् २००१ देखि २०१३ सम्म एफबीआइका प्रमुख हुनुहुन्थ्यो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआइका निर्देशक जेम्स कोमीलाई अघिल्लो हप्ता बर्खास्त गरेपछि उमलरलाई नियुक्त गरिएको हो ।
साउदी अरवको रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार विहान ९.५० मा रातो कर्पेटसहित स्वागत गरिएको थियो ।
ट्रम्पले आफ्नी श्रीमतीसहित राजा सल्मानलाई भेट गर्नु हुने छ । शनिबार बेलुका नै उहाँले दुई जना शक्तिशाली युवराजलाई पनि भेट गर्ने कार्यक्रम रहेको छ । उहाँले शिर्ष नेताहरुलाई भने आइतबार मात्रै भेट्नुहुने जनाइएको छ ।
रियादको यो भ्रमणलाई इश्लामिक देशहरुसँगको अमेरिकाको सम्वन्ध सुधार्ने अवसरका रुपमा पनि लिइएको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा