तेहरान (इरान), ६ जेठ । इरानमा शुक्रबार भएको राष्ट्रपति निर्वाचनबाट ५७ प्रतिशत मत प्राप्त गरी वर्तमान राष्ट्रपति हसन रुहानी नयाँ कार्यकालका लागि निर्वाचित हुनुभएको यहाँका गृहमन्त्री अब्दोलरेजा रहमानी फजलीले शनिबार बताउनुभएको छ ।
शुक्रबार भएको निर्वाचनमा खसेका चार करोड १२ लाख २० हजार १३१ मतमा रुहानीले दुई करोड ३५ लाख ४९ हजार ६१६ अर्थात् ५७ प्रतिशत मत प्राप्त गर्नुभएको फजलीले बताउनुभयो । गणना भएको मत सङ्ख्या खसेको सम्पूर्ण मत सङ्ख्याको ९९.७ प्रतिशत हो ।
रुहानीका निकटतम प्रतिद्वन्द्वी इब्राँहिम राइजीले एक करोड ५७ लाख ८६ हजार ४४९ अर्थात् ३८.५ प्रतिशत मत प्राप्त गर्नुभएको गृहमन्त्रीले जानकारी गराउनुभयो ।
इरानको कानुनअनुसार मत नतिजामा चित्त नबुझेमा तीन दिनभित्र उजुरी इरानको ‘गार्जियन काउन्सिल अफ कन्सटिच्युसन’ मा दर्ता गर्न सक्ने प्रावधान छ ।
राज्यको केन्द्रिय व्यवस्थापिका भएका नाताले काउन्सिलले राष्ट्रपतीय निर्वाचनमाथि उठाइने उजुरमाथि विचार गरी नतिजालाई पुष्टि (सदर वा बदर) गर्ने यहाँको कानुनी प्रावधान छ ।
शनिबार इरानका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीले रुहानीको पक्षमा विशाल जनसमर्थन मतदानमार्फत गरेकामा इरानी जनतालाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
इरानमा राष्ट्रपतिको छनौटका लागि शुक्रबार मतदान भएको थियो । इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले नयाँ राष्ट्रपति छनौट गर्ने निर्वाचनमा स्थानीय समयअनुसार शुक्रबार बिहान ८ बजे मत गर्दै सम्पूर्ण इरानी जनतालाई समयमै मतदान केन्द्रमा पुगी आफ्नो मताधिकारको सदुपयोग गर्न आग्रह गर्नुभएको थियो ।
“इस्लामिक गणतन्त्र इरानमा राष्ट्रपतिको निर्वाचनलाई विशेष महत्व दिइन्छ र इरानी जनताले यो सन्देशलाई ध्यानपूर्वक लिनेछन्,” इरानी टेलिभिजनको प्रत्यक्ष प्रसारणमा खामेनीले भन्नुभयो । उक्त अवसरमा उहाँले निर्वाचन प्रजातन्त्रको आधार भएको बताउनुभयो ।
पाँच करोड ६० लाख इरानी नागरिकले आफ्नो मताधिकार प्रयोग गर्दै आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गरेका हुन् ।
बिहीबार इरानका गृहमन्त्रीले राष्ट्रपतिको दौडमा रौहानी, इबाहीम राइजी, मोस्तफा अघामिर्सालिम र मोस्तफा हसेमी तावा रहेको औपचारिक घोषणा गर्नुभएको थियो ।
राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न चाहेका एक हजार ६३६ जनाले गत अप्रिल २१ मा निवेदन दिएको भए पनि छ जना मात्र राष्ट्रपतिको उम्मेदवारका रुपमा प्रतिस्पर्धा गर्न योग्य मानिएका हुन् ।
गत मङ्गलबार सुधारवादी उपराष्ट्रपति इशाक जहाङगिरीले आफूले राष्ट्रपतिको निर्वाचन उम्मेदवारी फिर्ता लिएको जनाउनुभएको थियो ।
नयाँदिल्ली (भारत), ६ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार इरानको राष्ट्रपतिमा पुनः निर्वाचित हसन रुहानीलाई बधाई ज्ञापन गर्दै उहाँको सफल कार्यकालको शुभकामना दिनुभएको सरकारका प्रवक्ताले बताएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले शनिबार एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “मेरो साथी रुहानीलाई हृदयदेखि बधाई छ ।” “नयाँ कार्यकालमा इरानले रुहानीको सक्रिय नेतृत्वले नयाँ सफलता चुम्नेछ ।”
रुहानी शनिबार इरानी राष्ट्रपति निर्वाचित हुनुभएको हो । राष्ट्रपतिमा पुनः विजय हासिल गरेपछि रुहानीले निर्वाचन पूर्व र निर्वाचनका समय गरेका बाचा पूरा गर्न दृढसङ्कल्प रहने बताउनुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले आगामी दिनमा भारत–इरानबीचको सम्बन्ध थप प्रगाढ पार्न भारतको तर्फबाट आफू प्रतिबद्ध रहेको जनाउनुभएको छ ।
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण