लन्डन । लक्ष्मी प्रतिष्ठान नेपालका अध्यक्ष विष्णु गौतम शुक्रबार सांझ लन्डन आइपुगेका छन् । नेपलिज ब्रिटिश कम्युनिटी यूके (एनबिसी यूके) को निमन्त्रणामा गौतम बेलायत आएका हुन् । गौतमलाई हिथ्रो विमानस्थलमा कम्युनिटी अध्यक्ष मिलन घिमिरेसहितका पदाधिकारीले स्वागत गरेका थिए ।
करिब दुई साता बेलायत रहंदा गौतम विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । उनी आइतबार २१ मेमा नेपाल पत्रकार महासंघ बेलायतको च्यारिटी कार्यक्रममा सहभागी भएर प्रेरणादायक मन्तव्य दिने कार्यक्रम छ । यही २२ देखि २६ मेसम्म स्कटल्याण्डको कार्यक्रममा सहभागी हुने गौतमसंग २७ मे शनिबार दिउसो एनबिसी यूकेले साउथ हयारोस्थित गोल्डनसिप रेस्टुरेन्टमा अन्तरक्रिया गर्न लागेको अध्यक्ष घिमिरेले जानकारी दिए । संस्थाले उक्त कार्यक्रममा सहभागी हुन सबैमा अनुरोध गरेको छ ।
परिवारमा आइलागेको अकल्पनीय बज्रपात बिर्सेर दृढ मनोवलका साथ प्रतिष्ठानमार्फत सामाजिक सेवामा लागेका गौतमले सञ्चालन गरेको लक्ष्मी प्रतिष्ठानले चितवन र काभ्रेमा थुप्रै सामाजिक र मानवीय काम गरिसकेको छ । प्रतिष्ठानले विद्यालयलाई जग्गा दान, विद्यालय तथा छात्रावास निर्माण, पुस्तकालय निर्माण, खानेपानी तथा शौचालय व्यवस्था, भूकम्प पीडितलाई बास, भोका नांगाहरूलाई गास अनि कपास, जीविकोपार्जनका लागि उद्यमशील कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
गौतमले बेलायत भ्रमणका क्रममा आफ्नो प्रतिष्ठानले गरेका कामबारे जानकारी दिने र केही सहयोग आग्रह गर्ने अपेक्षा गरिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]