लन्डन । लक्ष्मी प्रतिष्ठान नेपालका अध्यक्ष विष्णु गौतम शुक्रबार सांझ लन्डन आइपुगेका छन् । नेपलिज ब्रिटिश कम्युनिटी यूके (एनबिसी यूके) को निमन्त्रणामा गौतम बेलायत आएका हुन् । गौतमलाई हिथ्रो विमानस्थलमा कम्युनिटी अध्यक्ष मिलन घिमिरेसहितका पदाधिकारीले स्वागत गरेका थिए ।
करिब दुई साता बेलायत रहंदा गौतम विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । उनी आइतबार २१ मेमा नेपाल पत्रकार महासंघ बेलायतको च्यारिटी कार्यक्रममा सहभागी भएर प्रेरणादायक मन्तव्य दिने कार्यक्रम छ । यही २२ देखि २६ मेसम्म स्कटल्याण्डको कार्यक्रममा सहभागी हुने गौतमसंग २७ मे शनिबार दिउसो एनबिसी यूकेले साउथ हयारोस्थित गोल्डनसिप रेस्टुरेन्टमा अन्तरक्रिया गर्न लागेको अध्यक्ष घिमिरेले जानकारी दिए । संस्थाले उक्त कार्यक्रममा सहभागी हुन सबैमा अनुरोध गरेको छ ।
परिवारमा आइलागेको अकल्पनीय बज्रपात बिर्सेर दृढ मनोवलका साथ प्रतिष्ठानमार्फत सामाजिक सेवामा लागेका गौतमले सञ्चालन गरेको लक्ष्मी प्रतिष्ठानले चितवन र काभ्रेमा थुप्रै सामाजिक र मानवीय काम गरिसकेको छ । प्रतिष्ठानले विद्यालयलाई जग्गा दान, विद्यालय तथा छात्रावास निर्माण, पुस्तकालय निर्माण, खानेपानी तथा शौचालय व्यवस्था, भूकम्प पीडितलाई बास, भोका नांगाहरूलाई गास अनि कपास, जीविकोपार्जनका लागि उद्यमशील कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
गौतमले बेलायत भ्रमणका क्रममा आफ्नो प्रतिष्ठानले गरेका कामबारे जानकारी दिने र केही सहयोग आग्रह गर्ने अपेक्षा गरिएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान