नयां युवा टिमलाई बधाइ तथा शुभकामना

लन्डन । ग्रेटर रसमोर नेपाली कम्युनिटीले रसमोर बरोमा क्रियाशिल युवाहरुको एउटा स्वयंसेवी संस्था ‘नयां युवा’ को नयां कार्यसमितिलाई वधाइ तथा शुभकामना दिएको छ ।

हालै निर्वाचित नयां युवा कार्यसमितिलाई एक कार्यक्रमबीच खादा ओढाई स्वागत, सम्मान एवं बधाई दिइएको हो ।

कार्यक्रममा ग्रेटर रसमोर नेपाली कम्युनिटीका तर्फबाट अध्यक्ष ओम थापा, वरिष्ठ उपाध्यक्ष जीव बेलबासे र काउन्सिल समन्वयकर्ता नेम थापाले नयां युवाकी पूर्व अध्यक्ष निलम राई, नवनिर्वाचित अध्यक्ष सतिश थापा, उपाध्यक्ष शेरा लिम्बु, महासचिव जमुना रोका, कोषाध्यक्ष साधना गुरुङ लगायत सम्पूर्ण कार्यसमिति सदस्यहरुलाई खादाले सम्मान गर्दै वधाइ तथा शुभकामना दिएका थिए ।

नयां युवाकी संस्थापक अध्यक्ष शिला लिम्बुद्वारा सञ्चालित उक्त कार्यक्रममा युवाहरुको समाजप्रतिको योगदानको कदर गर्दै विगत वर्षहरुमा जस्तै आगामी दिनमा पनि कम्युनिटीसंग आपसी सहकार्य हुने प्रतिवद्धता व्यक्त गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री