
लन्डन । बेलायतवासी मोडल अनिता लिम्बु यतिखेर नेपालमा छिन् । नेपाल रहंदा उनको व्यस्तता झन् बढेको छ । होलिडेमा नेपाल रहंदा उनले विभिन्न फेसन शो र म्यूजिक भिडियो गरिन् । ‘इन्टरनेशनल फेसन वीक’ मा समेत सहभागी भइन् उनी । हालै सार्वजनिक गायिका प्रिति आले मगरको ‘मेरो मन त नेपाली…’ मा अनिताको आकर्षक अभिनय थियो ।
अनिता अहिले संगठन विस्तारका क्रममा छिन् । ग्लोबल गोर्खा नेपलिज काउन्सिलको यूके शाखा अन्तर्गत कला विभागकी उपाध्यक्ष अनिता उक्त संस्थालाई जापानमा विस्तार गर्न जुटेकी हुन् । उनले संगठन विस्तारका लागि जुनमा जापान जान लागेको बताइन् ।
उक्त संस्थाले कलाकारिता, साहित्य, खेलकुद, पत्रकारिता र संगीतको क्षेत्रमा काम गर्ने जनाउंदै अनिताले विश्वभर छरिएर रहेका नेपालीलाई एकतावद्ध गर्ने संस्थाको उद्देश्य रहेको प्रष्ट पारिन् ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक