लन्डन । नेपालमा बुद्ध वृद्धाश्रम निर्माण सहयोगार्थ लन्डनमा गर्न लागिएको च्यारिटी सफल बनाउन विभिन्न जिम्मेवारी बांडफांड गरिएको छ । बुद्ध फाउण्डेशन यूके र कपिलवस्तु समाज यूकेको संयुक्त आयोजना एवं एनआरएनए यूकेको सहयोगमा आगामी ४ जुन आइतबार प्लमस्टिड एसियन कम्युनिटी हलमा विशेष च्यारिटी हुंदैछ ।
बुद्ध फाउण्डेशन यूकेको मंगलबार सांझ प्लमस्टिड चौतारी रेष्टुरेन्टमा सम्पन्न कार्यसमिति बैठकले विभिन्न जिम्मेवारी तोकेको हो । उक्त कार्यक्रमका लागि जीवन सेन, हिराधन राई र महेन्द्र विक्रम कुंवर संयोजक तोकिएका छन् । त्यसैगरि भिआइपी रिसेप्सन हिराधन राई, स्टेज कोअर्डिनेटर महेन्द्र विक्रम कुंवर, कल्चरल कोअर्डिनेटर सूर्य गुरुङ, फाइनान्स कोअर्डिनेटर सचिन श्रेष्ठ, राजन खकुरेल र धनराज मल्ल, स्पोन्सर कोअर्डिनेटर विकास नेपाल, मिडिया कोअर्डिनेटरहरु नवीन पोखरेल र एभरेष्ट गौतम, सह मिडिया संयोजक निक्को प्रताप गुरुङ, केयर होम कन्सेप्ट प्रस्तुति हरिस ज्ञवाली, डिजाइन एण्ड प्रिन्ट निर महर्जन र अभि महर्जन तथा ज्यास क्याटरिङले करिब तीनसय जनालाई खाना (फाइन डाइन टेबल सर्भ) उपलव्ध गराउने छ ।
उक्त च्यारिटी सांझ ५ देखि राती ११ बजेसम्म हुंदैछ । आयोजकले कार्यक्रममा सहभागिता जनाइ आर्थिक सहयोग गर्न सबैमा अपिल गरेका छन् । बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठले हालसम्म वृद्धाश्रम निर्माणका लागि ७९८२.१३ पेन्सको प्रतिवद्धता आइसकेको जनाउंदै यसपटक फेरि पूण्य काममा सघाउन बेलायतवासी समस्त नेपाली समुदायमा अनुरोध गरे ।
कपिलवस्तु बाणगंगा नगरपालिका, नन्दनगरमा बन्ने १४ बेड रुमको उक्त वृद्धाश्रमको अनुमानित निर्माण लागत ७० लाख रुपैयां छ । २० रोपनी जग्गा भने कैलाश आश्रम तथा मनकामना दुर्गा मन्दिर धार्मिक वनले निशुल्क उपलब्ध गराउने श्रेष्ठले जानकारी दिए । उक्त वृद्धाश्रमको रेखदेख रवि ज्ञवाली अध्यक्ष रहेको बुद्ध फाउण्डेशन नेपाल अन्तर्गत स्थानीय बासिन्दाले गर्ने बताइएको छ ।
बैठकमा गत ७ मेमा लन्डनस्थित ट्राफलगर स्क्वायरमा सम्पन्न बुद्ध जयन्तीबारे समिक्षा समेत भएको थियो । बैठकले केही कमी कमजोरीबाहेक बुद्ध जयन्ती अत्यन्त सफल भएको निष्कर्ष निकालेको छ ।
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने